२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

नेपाल मगर संघ, कतारले मनायो ४४औं स्थापना दिवस

shivam cement
तिलु शर्मा पौडेल
२०८२ फागुन १७ गते १६:०३
Shares
नेपाल मगर संघ, कतारले मनायो ४४औं स्थापना दिवस

दोहा कतार : नेपाल मगर संघ, शाखा कतारले ४४औं स्थापना दिवस भव्य रूपमा मनाएको छ । नेपाल मगर संघ, शाखा कतारको आयोजनामा मगर संघको स्थापना दिवस भव्य रूपमा संघ शाखा कतारका अध्यक्ष समीर थापा मगरको सभाअध्यक्षता तथा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राकेश श्रेष्ठको प्रमुख आतिथ्यतामा शुक्रबार साँझ भव्य रूपमा सम्पन्न मनाएका हुन् । 

प्रथम शहीद लखन थापा मगरको स्मृतिमा दीप प्रज्वलन गर्दै स्थापना दिवसको अवसरमा केक काटेर कार्यक्रमको समुद्घाटन गरिएको थियो । संघको स्थापना कहिले, कहाँ र कसरी भयो भन्ने विषयमा कार्यक्रम संयोजक दीपक एक्चाई मगरले प्रस्ट पारे । विश्वभर छरिएर रहेका सम्पूर्ण मगरहरूलाई एकीकृत गरेको दिनलाई स्मरण गर्दै कार्यक्रममा बोल्ने वक्ताहरूले विश्व भरीका मगरहरूलाई एकीकृत बनाएर नेपालको पहिलो महाधिवेशन भएको र त्यही दिनलाई स्थापना दिवस आधार मानेर स्थापना दिवस मनाउँदै आएको बताएका थिए । 

मगर समुदायको भाषा, संस्कृति, पहिचान र अधिकार संरक्षणमा संघले खेलेको भूमिकाको बारेमा समेत प्रशंसा गरेका थिए ।

संघको मातहतमा रहेको सहानिया एरिया समितिका सचिव भावना पुन मगर कतार बसाइँलाई बिट मार्दै मातृभूमि नेपाल प्रस्थान गर्न लागेको अवसरमा संघले पुनलाई सम्मान पत्रले सम्मान गर्दै बिदाइ समेत गरेको थियो । केही साहित्यकारहरूले रचना वाचन गरेका थिए भने पत्रकारहरूलाई समेत सम्मान गरिएको थियो  ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले संघको ४४ वर्षको यात्रा प्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे । उनले संघको स्थापना कालदेखि वर्तमान कार्यसमिति सम्मको योगदानको स्मरण गर्दै मगर समुदायको आफ्नै  ऐतिहासिक पृष्ठभूमि र पहिचान समेत रहेको बताए । मगर समुदायको भाषा, संस्कार र परम्पराको संरक्षण समेत गर्दै आइरहेको र कतारमा रहेका जनजाति समुदायबिच सहकार्य र एकता गर्न सदैव अब्बल रहेको खुलेर प्रशंसा गर्दै आगामी दिनमा समेत जनजाति महासंघसँग हातेमालो गरेर अगाडि बढ्न आग्रह समेत गरे ।

कार्यक्रममा आदिवासी जनजाति महासंघमा आबद्ध रहेका विभिन्न मातृ संस्थाका प्रमुख तथा प्रतिनिधिसँगै नेपाल मगर संघ,शाखा कतार केन्द्रीय समितिमा आबद्ध रहेका विभिन्न एरिया तथा विभाग तथा समितिका विभिन्न प्रतिनिधिहरूको बाक्लो  उपस्थिति रहेको थियो । कार्यक्रममा संघका प्रथम उपाध्यक्ष देवी कुमारी मगरको स्वागत मन्तव्य रहेको थियो भने महासचिव पाण्डव थापा मगरले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रमको समापन गर्दै सभाध्यक्ष मगरले स्थापना दिवसले सम्पूर्ण मगर समुदायलाई एकताबद्ध बनाउँदै आफ्नो मौलिक कला, संस्कार र परम्परा जगेर्ना गर्न प्रेरित गरेको बताए । मगरले विदेशमा रहेर पनि आफ्नो पहिचान र संस्कृति संरक्षण गर्नु महत्वपूर्ण जिम्मेवारी भएको धारणा राख्दै कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न साथ र सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

सम्बन्धित खबर