२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

सुनकोशीमा झोलुंगे पुल : डुंगा चढेर नदी तर्नुपर्ने बाध्यता अन्त्य

ADV
मध्यान्ह
२०८१ साउन १८ गते १०:५५
सुनकोशीमा झोलुंगे पुल : डुंगा चढेर नदी तर्नुपर्ने बाध्यता अन्त्य

खोटाङ : हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाइटार र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेको चिपटार जोड्न सुनकोशी नदीमा बनाइएको झोलुंगे पुल सञ्चालनमा आएको छ । 

पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत प्रदेश सरकारबाट प्राप्त रु तीन करोड ५० लाख लगानीमो पुल निर्माण भएको हो । 

पुल सञ्चालनमा आउनुअघि साबिकको डिकुवा–३ बाइटार र बलुई तथा साविकको डिकुवा–२ टारगाउँका बासिन्दा जोखिम मोलेर डुंगाबाट नदी तर्दै आएका थिए । 

पुलका दुवै विन्दुमा कच्ची सडक पनि निर्माण भएको छ । यसबाट डिकुवाका सर्वसाधारण लाभान्वित भएका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise