२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

ADV
मध्यान्ह
२०८१ साउन १८ गते ११:१३
कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

काठमाडौँ : आज कक्षा १२ को नतिजा सार्वजनिक हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा प्रकाशनको तयारी गर्दैछ । 

प्राविधिक त्रुटि वा केही भैपरी नआएमा आजै नतिजा प्रकाशन सम्भावना रहेको बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले जानकारी दिए । गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी भएका छन् । 

बोर्डले पाँच हजार ५४२ विद्यालयका विद्यार्थीलाई एक हजार ५२६ परीक्षा केन्द्र मार्फत परीक्षा सञ्चालन गरेको थियो । जसमा जापानमा एउटा परीक्षा केन्द्र थियो ।

टेलिकमले आज सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानो ठिमीले प्रकाशित गर्ने कक्षा १२ को नतिजा आईभीआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत् हेर्न सकिने बताएको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise