बेलायत : लमजुङ समाज यूकेको पाँचौं कार्यसमितिको अध्यक्षमा विश्वजंग गुरुङ निर्विरोध निर्वाचित भएका छन् । गत शनिबार अप्रिल २० तारिखमा टोम्लिन्स्कोट स्कुल, फ्रिम्लेमामा आयोजित समाजको १२औं बार्षिक साधारण सभा तथा पाचौं अधिबेशनले कार्यसमितिको अध्यक्षमा विश्वजंगलाई चयन गरेको हो ।
समाजका अध्यक्ष बोहत गुरुङको अध्यक्षतामा सचिब पूर्णचन्द्र (युनील) गुरुङले संचालन गरेको कार्यक्रम दुई चरणमा संचालन भएको थियो । प्रथम चरणमा निवर्तमान वरिष्ठ उपाध्यक्ष तथा वर्तमान अध्यक्ष विश्वजङ्ग गुरुङले स्वागत मन्तब्य राखेका थिए । त्यसपश्चात गत सालको साधारण सभादेखि अहिलेसम्मको समाजको गतिबिधि र सम्भावित भावी कार्यक्रम सम्बन्धि विभिन्न विषयहरुमा छलफल भएको थियो । सोही क्रममा संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुङ, पूर्व अध्यक्षहरु कृष्ण गुरुङ, तुलाराम गुरुङ र सल्लाहकार क्याप्टेन बालकृष्ण गुरुङ तथा आमा समुहकी पूर्व अध्यक्ष श्रीमती ईन्द्र गुरुङ, निवर्तमान अध्यक्ष जुना गुरुङ र वर्तमान अध्यक्ष लक्ष्मी गुरुङले आ-आफ्ना मन्तव्य राखेका थिए ।
त्यसतै कोषाध्यक्ष सुरेन्द्र घलेले आर्थिक सम्बन्धि, प्रेमराज गुरुङले खेलकुद सम्बन्धि, नेपाली मेलाबारे सल्लाहकार पूर्णराज गुरुङले, साँस्कृतिक कार्यक्रमबारे प्रेम गुरुङले, समाजको सम्पत्तिका बारेमा बिधान गुरुङले र समाजको गतिविधिबारे सचिब पूर्णचन्द्र गुरुङले आ-आफ्नो प्रतिबेदन सुनाएका थिए । यस्तै तात्कालिन अध्यक्ष बोहत गुरुङले आफ्नो कार्यकाल भरीको समाजको गतिबिधिहरु संक्षेपमा प्रकाश पारेका थिए । उनले प्रथम चरणको कार्यक्रम समापन गर्दै चौथों कार्यसमिति औपचारिक रुपमा बिघटन भएको घोषणा गरेका थिए ।
कार्यक्रमको दोश्रो चरणमा समाजका सल्लाहकार एकेन्द्र गुरुङको संयोजकत्वमा सल्लाहकार तथा पूर्व अध्यक्ष तुलाराम गुरुङ र आमा समुहकी पूर्व अध्यक्ष तथा समाजकी सल्लाहकार ईन्द्र गुरुङको संयुक्त पहलमा पाचौं कार्य समितिको चयन गराइएको थियो ।
जसअनुसार अध्यक्षमा विश्वजङ, उपाध्यक्षहरुमा क्रमश: दलबाह्दुर गुरुङ, चन्द्र गुरुङ, पूर्णचन्द्र (युनील) गुरुङ, सुरेन्द्र घले, पूर्णराज गुरुङ, चयन भएका छन् । यसैगरी सचिबमा परशु गुरुङ, सह-सचिबमा प्रेम गुरुङ, कोषाध्यक्षमा हेमराज गुरुङ, सह-कोषाध्यक्षमा देउबहादुर गुरुङ, खेलकुद सचिबमा प्रेमराज गुरुङ, साँस्कृतिक तथा मनोरञ्जन सचिबमा साधुराम गुरुङ र वेब मास्टरमा उमर जंग गुरुङ चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा लक्ष्मी गुरुङ, शान्तादेबी गुरुङ, माला घले, मोनिका गुरुङ, जितबहादुर गुरुङ, नन्दबहादुर गुरुङ, हर्कबहादुर गुरुङ, ईन्द्रजित गुरुङ, जङबहादुर गुरुङ, कर्ण दुरा, ईन्द्र दुरा, सन्तोष गुरुङ, शिवराज गुरुङ र युवा संयोजक तथा कार्यसमिति सदस्यमा अनुप गुरुङ चयन भएका छन् ।
यसैबीच कार्यक्रममा सांगितिक प्रस्तुति समेत आयोजना गरिएको थियो । जसका लागि नेपालबाट आमन्त्रित लोक गायिका सुश्री भुमिका शाहले सांगितिक प्रस्तुति दिँदै कार्यक्रममा उर्जा थपेकी थिइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies