२०८२ भदौ २४ गते मङ्गलवार / Sep 09 , 2025 , Tuesday
२०८२ भदौ २४ गते मङ्गलवार
Ads

नवलपरासीमा जेनजीको समर्थनमा युवाहरूको विरोध प्रदर्शन

shivam cement
विनोद निगम
२०८२ भदौ २४ गते १३:३०
नवलपरासीमा जेनजीको समर्थनमा युवाहरूको विरोध प्रदर्शन

नवलपरासी : पश्चिम नवलपरासीको महेशपुरमा जेनजी अभियानलाई समर्थन जनाउँदै आज स्थानीय युवाहरूले विरोध प्रदर्शन गरेका छन् । हातमा प्लेकार्ड र पर्चा बोकेका प्रदर्शनकारीहरूले नाराबाजी गर्दै सडकमा जुलुस निकालेका थिए ।

प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड, शेरबहादुर देउवासहितका शीर्ष नेताहरूविरुद्ध पनि नारा लगाएका थिए । “युवा मर्न पाइँदैन, विद्यार्थी मार्न पाइँदैन” जस्ता नारासहित उनीहरू जिल्लाको सीमा नाकासम्म पुगेका थिए ।

सीमा नाकाबाट फर्किएर महेशपुर चोकमा भेला भएका युवाहरूले टायरमा आगो लगाउँदै सरकारको नेतृत्वप्रति असन्तुष्टि प्रकट गरेका थिए । स्थानीय युवाहरूको उल्लेख्य उपस्थिति रहेको उक्त प्रदर्शनमा आजदेखि सवारीसाधन र पसलहरू बन्द गर्ने घोषणा पनि गरिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise