काठमाडौंः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ ।
महासंघले सोमबार जेनजी पुस्ताको प्रदर्शनमा सरकारको दमनका कारण १९ जना विद्यार्थीको मृत्यु भएको भन्दै सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको हो ।
महासंघले देशभर जनजीवन प्रभावित भइ कर्फ्यू लगाइएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सञ्चालन नगर्ने जनाएको छ ।