२०८२ भदौ २४ गते मङ्गलवार / Sep 09 , 2025 , Tuesday
२०८२ भदौ २४ गते मङ्गलवार
Ads

पूर्वगृहमन्त्री लेखकको घरमा आगजनी, एमाले नेता महासेठको निवासमा ढुंगामुढा

shivam cement
मध्यान्ह
२०८२ भदौ २४ गते ११:४१
पूर्वगृहमन्त्री लेखकको घरमा आगजनी, एमाले नेता महासेठको निवासमा ढुंगामुढा

काठमाडौँ : जेन जेड आन्दोलन दोस्रो दिन उग्र बन्दै गएपछि प्रदर्शनकारीहरूले राजनीतिक दलका शीर्ष नेताहरूको निवासलाई लक्षित गरी आगजनी र ढुंगामुढा गरेका छन् ।

निवर्तमान गृहमन्त्री रमेश लेखकको नैकावस्थित घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । त्यस्तै, नेकपा एमालेका सचिव रघुवीर महासेठको जनकपुरधाम उपमहानगरपालिका–९ भरमपुरीस्थित घरमाथि ढुंगामुढा भएको छ ।

यसअघि काठमाडौँको खुमलटारस्थित माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा पनि प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए ।

नेताहरूको निजी निवासदेखि सरकारी कार्यालयसम्म प्रदर्शनकारीले आक्रमण थालेपछि आन्दोलन थप आक्रामक रूप लिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise