काठमाडौँ : खानेपानी मन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन् । जेन जेडहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएका थिए । उक्त घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिएका हुन् ।
‘प्रिय युवा भाइ बहिनीहरू तपाईंनै मेरो प्रथम सहयोगी र मेरो जोस र ऊर्जाका सूत्रधार हुनुहुन्छ,’ उनले भनेका छन्, ‘हिजो जेन जेड पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु ।’
यसअघि नेपाली कांग्रेसका तर्फबाट कृषि मन्त्री रामनाथ अधिकारीले राजीनामा घोषणा गरेका थिए । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने भएका छन् ।