२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी

ADV
मध्यान्ह
२०८१ साउन २० गते १०:१८
कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी

ताप्लेजुङ : जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । करिब २५ जनाको क्षमता भएको कारागारमा पाँच गुणा बढी कैदी राखिएका छन् ।

जिल्ला कारागार कार्यालयका प्रमुख कुलेन्द्र खवासका अनुसार हाल एक सय २३ कैदी र २२ थुनुवा गरी एक सय ४५ कैदीबन्दीलाई राखिएको  छ । 

कारागारमा ७३ जना जबर्जस्ती करणीका मुद्दा झेलिरहेका छन्भने ज्यान मार्ने उद्योगका सात, कर्तव्य ज्यान तथा हातहतियार खरखजानाका एक, डाका र चोरी मुद्दाका छ, लागुऔषधका छ र सवारी दुर्घटना गराएका तीनजना कैदीबन्दी छन् ।

विसं १९९२ मा २५ जना कैदीबन्दी अटाउने गरी निर्माण गरिएको कारागार  तीन रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँ साना–ठूला  नौवटा घर छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise