२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

उद्योगमन्त्री भण्डारीले लिए पूर्वमन्त्री र पूर्वसचिवहरुसँग सुझाव

ADV
मध्यान्ह
२०८१ साउन २० गते ११:२८
उद्योगमन्त्री भण्डारीले लिए पूर्वमन्त्री र पूर्वसचिवहरुसँग सुझाव

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘मन्त्रालय सुधार कार्ययोजना’ अन्तर्गत मन्त्रालयको नेतृत्व गरेका पूर्वमन्त्री र पूर्वसचिवहरुसँग अन्तरक्रिया सम्पन्न गरेको छ । उद्योगमन्त्री दामोदर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्रीहरु लेखराज भट्ट, कर्ण बहादुर थापा, मिन बहादुर विश्वकर्मा, जयन्त बहादुर चन्द र शंकर कोइरालाले आ-आफ्नो धारणा व्यक्त गरे थिए । यसैगरी कार्यक्रममा उपस्थित पूर्वसचिवहरुले पनि आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमका वक्ताहरुले मन्त्रालयलाई सुधार गर्नका लागि काममा ढिलासुस्ती नगरी पारदर्शी ढंगबाट समयमै काम सम्पन्न गर्न सुझाव दिएका छन् । पूर्वमन्त्री मिन विश्वकर्माले भने, ‘कुनैपनि फाइल एकदिन भन्दा बढी कसैको टेबुलमा रोकिनु हुँदैन, यो मन्त्रालयको काम रोकियो अथवा काम गर्न नसकेर मन्त्रालय डुब्यो भने देश भोकमरीमा जान्छ । मन्त्रालयलाई सुधार गर्न सुझाव माग्नुभएको छ, सोहीअनुसार योजना बनाएर कार्यान्वयन गर्नुस् देश निर्माण हुन्छ, मन्त्रीज्यूको यो प्रयास सराहनीय छ ।’

नेकपा एमालेका सचिवसमेत रहेको पूर्वमन्त्री लेखराज भट्टले स्वदेशी उत्पादनलाई महत्व दिनुपर्नेमा जोड दिए । उनले स्वदेशी उत्पादनको प्रयोग बढाउन मन्त्रालयले चालेका कदम सकारात्मक रहेको बताए । कर्ण बहादुर थापाले काम सम्पन्न गर्नका लागि इमान्दरिताका साथ नीति नियम पालना गर्नुपर्ने बताए । उनले विगतमा सरकारी स्तरबाट सञ्चालन भएकामध्ये केही उद्योगहरु सञ्चालनमा ल्याउनुपर्ने सुझाव दिए । 

पूर्वमन्त्री जयन्त बहादुर चन्दले आर्थिक अनियमिततामा शून्य सहनशीलता अपनाइ काम गर्न सुझाव दिए । उनले भारत र चिनले गरेको प्रगतिको सिको गर्न जरुरी रहेको बताए । पूर्वमन्त्री शंकर कोइरालाले नीतिगत कुराहरुको सुधार गरी इमान्दारिताका साथ काम गर्न सुझाव दिए । कार्यक्रममा उपस्थित मन्त्रालयका पूर्वसचिवहरुले नीति निर्माण र योजना कार्यान्वयनका विषयमा सुझाव दिएका थिए ।

सो अवसरमा उद्योगमन्त्री भण्डारीले अग्रजहरुको अनुभव र नेतृत्वको उर्जामार्फत हालको विद्यमान निराशालाइ चिर्दै “सुखी नेपाली र समृद्व नेपालको” राष्ट्रिय आकांक्षा पूरा गर्ने उद्देश्यका साथ सुझावका आधारमा योजना निर्माण गरी कार्य सम्पादन गर्ने बताए । उनले मन्त्रालयसँग सम्बन्ध राख्ने हरेक निकायसँग सुझाव लिएर अघि बढ्ने प्रतिबद्धता जनाए ।

ADVADV

सम्बन्धित खबर

Advertise