२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

छत्रदेव गाउँपालिकाको वार्षिक समीक्षा सम्पन्न

ADV
सुर्य प्रसाद भुसाल
२०८१ साउन २० गते २१:२०
छत्रदेव गाउँपालिकाको वार्षिक समीक्षा सम्पन्न

अर्घाखाँची : छत्रदेव गाउँपालिका अर्घाखाँचीको आयोजनामा २०८०/०८१ मा गाउँपालिकाबाट भएका विकास निर्माणको कामको बारेमा वार्षिक समीक्षा गोष्ठी  सम्पन्न भएको छ । 

कार्यक्रममा बोल्दै छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले पालिकाबाट छुट्टिएका योजनाको काम पारदर्शी रुपमा समयमै सम्पन्न गर्न सम्पूर्ण कर्मचारी, वडा अध्यक्ष र गाउँकार्यपालिका सदस्यको सहयोगका कारण सफल भएको बताए । उनले आगामी दिनमा अझै द्रुत गतिमा काम गर्न अनुरोध गर । 

अध्यक्ष श्रेष्ठले न्यून बजेट पटक–पटक कर्मचारी कार्यालय प्रमुखहरु फेरिँदा र अन्य धेरै चुनौती हुँदाहुँदै पनि अर्घाखाँचीका स्थानीय तहहरुमध्ये छत्रदेव गाउँपालिका नमुना हुने गरी काम गरेको दाबी गरेका थिए  । 

अध्यक्ष श्रेष्ठले अन्य स्थानीय तहमा छुट्टाएको  प्रशासनिक  खर्चमा  रकम बचाउन नसकेको अवस्थामा छत्रदेव गाउँपालिकाले प्रशासनिक खर्चमा निकै मितव्ययीता अपनाएको जिकिर गरे ।

गाउँपालिकाकी उपाध्यक्ष मनि पन्थिले गाउँपालिकामा रितपुर्वक परेका उजुरीहरु सबै  फछ्र्यौट गरेको जानकारी दिइन् ।  उपाध्यक्ष पन्थिले  जनप्रनिधि र कर्मचारीको राम्रो तालमेलका कारण समयमै सबै विकास निर्माणका योजानको काम सम्पन्न गर्न सफल भएको बताइन् । 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले २०८०/०८१ मा भएका सम्पूर्ण कामको  चालु र पुँजीगत गरी ८४.१६  प्रतिशत प्रगति भएको  जानकारी दिए  । 

कार्यक्रममा वडा नं १ देखि ८ सम्मका वडा अध्यक्षहरु, विषयगत समितिका सदस्यहरु, शाखा प्रमुखहरु कार्यपालिका सदस्यहरु कर्मचारी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको  वडा  नम्बर ६ का अध्यक्ष कमल पौडेल जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise