२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

निजी विद्यालय छाडेर आउने विद्यार्थीको पहिलो रोजाइ ज्ञानोदय मावि

Nada
भावना पाठक
२०८३ वैशाख ४ गते ०६:१०
Shares
निजी विद्यालय छाडेर आउने विद्यार्थीको पहिलो रोजाइ ज्ञानोदय मावि

काठमाडौं : काठमाडौंको ज्ञानोदय माध्यमिक विद्यालय, जहाँ निजी विद्यालय छोडेर आउने विद्यार्थीहरू पढ्न आउँछन् । विद्यार्थी संख्या मात्र होइन, गुणस्तरमा पनि ज्ञानोदय उत्तिकै अब्बल छ । 

चार हजार ६ सय १३ जना विद्यार्थी भएको यो विद्यालय देशकै उत्कृष्ट सामुदायिक विद्यालयमा पर्छ । २०५२ सालको एसएलसीमा ९० प्रतिशत विद्यार्थी पास भएपछि स्कुलको चर्चा बढेको थियो । 

२०२० सालमा काठमाडौंको बाफल, पुरानो कालीमाटी क्षेत्रमा घरघर सर्दै–सर्दै सञ्चालन हुँदै आएको शिक्षालय २०२९मा पुरानो कालीमाटीमा ज्ञानोदय विद्यालयको रूपमा विकास भयो । सोही विद्यालयले २०३६मा प्रस्तावित माविका रूपमा स्वीकृति पायो । 

विद्यालयमा विद्यार्थी संख्याका आधारमा पर्याप्त भौतिक संरचना नभएको गुनासो प्रधानाध्यापक विष्णु घिमिरे रिमालको छ । ‘बुक फ्री फ्राइडे र शिक्षामा सीप कार्यक्रमका लागि कक्षाकोठा व्यवस्थापन गर्न गाह्रो छ,’ उनी भन्छिन्, ‘सरकारी तलब मात्र होइन, विद्यालयको आन्तरिक स्रोतबाट समेत शिक्षक राखिएको छ । निःशुल्क शिक्षाको नारा लागिरहेको समयमा विद्यालयको सबैको खर्च–व्यवस्थापन गर्न सहज छैन ।’

शिक्षक, अभिभावक र विद्यार्थीको सामूहिक मिहिनेतबाट नै विद्यालयले उत्कृष्टता हासिल गर्न सफल भएको प्रधानाध्यापक घिमिरे बताउँछिन् । शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएर आफ्नो ब्रान्ड बनाएको ज्ञानोदय मावि देशकै शैक्षिक नमुना विद्यालय हो ।

ताजा खबर

सम्बन्धित खबर