२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

पूर्वी क्षेत्रकै उत्कृष्ट विद्यालय सुकुना मावि

Nada
भावना पाठक
२०८३ वैशाख ४ गते ०६:२०
Shares
पूर्वी क्षेत्रकै उत्कृष्ट विद्यालय सुकुना मावि

काठमाडौं : मोरङ सुन्दरहरैचा–१०मा रहेको सुकुना माध्यामिक विद्यालय पूर्वी क्षेत्रकै उत्कृष्ट विद्यालय हो । २०२९ सालमा स्थापना भएको यो विद्यालयमा अहिले चार हजार ९६ विद्यार्थी अध्ययन गरिरहेका छन् । सुकुना खोलाको नामबाट नामकरण गएको विद्यालयमा होटेल म्यानेजमेन्ट र इन्जिनियरिङको समत पढाइ हुने गर्छ । 

सुकुना माविलाई प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान)ले २०८१ सालमा कोशी प्रदेशकै उत्कृष्ट विद्यालयबाट सम्मान गरेको थियो । शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय प्रगति गरेको प्रधानाध्यापक हिक्मतबहादुर बस्नेत बताउँछन् । मोरङ जिल्लामा अवस्थित यस विद्यालयले आधारभूतदेखि माध्यमिक तहसम्म शिक्षा प्रदान गर्दै आएको छ । 

२०७१ सालदेखि अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन भएको सुकुनामा हाल नर्सरीदेखि कक्षा १० सम्म नै अंग्रेजीमै कक्षा सञ्चालन हुन्छ । प्रअ बस्नेत भन्छन्, ‘स्तरीय शिक्षा र व्यवस्थापनले सुकुना धेरै विद्यार्थीको रोजाइमा परेको छ ।’ 

प्राविधिक र आधुनिक शिक्षालाई जोड दिँदै पूर्वी नेपालको अग्रणी सामुदायिक विद्यालयका रूपमा स्थापित विद्यालय जहाँ विद्यार्थीहरूलाई गुणस्तरीय र व्यावहारिक शिक्षा प्रदान गरिन्छ ।

ताजा खबर

सम्बन्धित खबर