२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

प्राविधिक शिक्षामा अग्रणी नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय

Nada
भावना पाठक
२०८३ वैशाख ४ गते ०६:२५
Shares
प्राविधिक शिक्षामा अग्रणी नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय

काठमाडौं : रुपन्देहीको बुटवल उपमहानगरपालिका, देवीनगरस्थित नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयमा पाँच हजार ६ सय ५८ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । स्थानीय स्तरमा प्राविधिक तथा व्यावहारिक शिक्षालाई प्राथमिकता दिँदै शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको यस विद्यालयमा सिभिल इन्जिनियरिङको समेत पढाइ हुन्छ । 

विद्यालयमा आधारभूतदेखि माध्यमिक तहसम्मको पढाइ हुन्छ । प्रधानाध्यापक प्रेमबहादुर बस्नेतका अनुसार विद्यालयले विद्यार्थीलाई सीपमूलक तथा औद्योगिक शिक्षातर्फ आकर्षित गर्दै आएको छ । ‘विद्यालयले नियमित शैक्षिक कार्यक्रमसँगै व्यावहारिक अभ्यासमा आधारित सिकाइलाई जोड दिँदै आएको छ,’ उनी भन्छन्, ‘आधुनिक समयअनुसार विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन प्राविधिक शिक्षामा जोड दिन आवश्यक छ ।’ 

२०२३ सालमा स्थापना भएको यस विद्यालयमा मन्टेश्वरीदेखि कक्षा १० सम्म पूर्ण अंग्रेजी माध्यममा कक्षा ११ र १२ विज्ञान, सिभिल इन्जिनियरिङ, व्यवस्थापनमा होटल व्यवस्थापन, कानुन र शिक्षा विषयमा पढाइ हुने गर्छ । विद्यार्थी संख्याका आधारमा यो विद्यालय नेपालकै चौथो ठुलो हो । निजी विद्यालयलाई समेत टक्कर दिँदै आएको नवीन औद्योगिक कदरबहादुर रीता मावि देशकै उत्कृष्ट १० विद्यालयमध्ये एक हो ।

ताजा खबर

सम्बन्धित खबर