२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मनसुनजन्य विपद् : डेढ सय बढीको मृत्यु, चार हजार परिवार विस्थापित

ADV
शिव विक
२०८१ साउन २२ गते ०६:४५
मनसुनजन्य विपद् : डेढ सय बढीको मृत्यु, चार हजार परिवार विस्थापित

काठमाडौं : यस वर्षको बाढी, पहिरो लगायत मनसुनजन्य विपद्मा परेर डेढ सय बढीको ज्यान गएको छ । 

नेपाल प्रहरीका अनुसार अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानको बाढी, पहिरो लगायतका विपद्मा परेर सोमबार दिउँसोसम्म १५४ जनाको मृत्यु भएको छ । 

बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जनाको मृत्यु भएको छ ।

यस्तै, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १५४ जनाको मृत्यु भएको हो । 

काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना घाइते भएका छन् । 

यस्तै, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ८६ जना घाइते भएका छन् । 

प्रहरीका अनुसार अधिकांश घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भएको छ ।

काठमाडौं उपत्यकामा २६ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना जनाको उद्दार गरिएको छ । 

यस्तै गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय ८ जनाको उद्दार गरिएको छ । 

बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा १ जना वेपत्ता छन् । कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ४७ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ । 

बाढीको कारण जम्मा ३ ८४ घर डुबानमा परेका छन् । २६१ वटा घर, ९५ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । 

बाढीको कारण ७४३ वटा पशु चौपायको मृत्यु भएको छ । विपद्का घटनाबाट ४ हजार २३८ घर परिवार विस्थापित भएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise