काठमाडौं : घरेलु टोली भारतले साफ यु–२० च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार भएको फाइनलमा बंगलादेशलाई ५–२ गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो ।
अतिरिक्त समयसम्म लम्बिएको खेलमा भारतलाई जित दिलाउन गुर्किरात सिंहले ह्याट्रिकसहित ४ गोल गरे । यस्तै हिमान्सु जान्ग्राले एक गोल गरे । बंगलादेशका मोहमद रोजन र शाहीम मियाले एक एक गोल गरे ।
प्रतिस्पर्धात्मक फाइनलमा दुवै टोलीले निर्धारित समयमा अग्रता लिएका थिए । दुवै अग्रतामा विपक्षी टोलीले बराबरी गोल फर्काएपछि २–२ को बराबरीसँगै खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयको शुरुवाती मिनेटमा लगातार दुई गोलसँगै कुल तीन गरेपछि भारत जित हासिल गर्न सफल भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies