एजेन्सी : इजरायल र प्यालेस्टाइनी लडाकूहरू बीच युद्धविरामको सहमति भएको छ ।
तीन दिनको हिंसामा कम्तिमा ४३ जनाको ज्यान गएपछि बल्ल दुवै पक्ष युद्धविरामका लागि सहमत भएका हुन् ।
प्यालेस्टाइन इस्लामिक जिहाद ‘पीआईजे’का लडाकुहरूले इजिप्टका मध्यस्थकर्ताहरूले मध्यस्थता गरेको वार्तापछि युद्धविराम भएको बताएका छन् ।
इजरायली प्रधानमन्त्री यायर लापिडको कार्यालयले युद्धविरामको पुष्टि गरेको छ ।
इजरायलले कब्जा गरेको वेस्ट बैंकमा पीआईजेका एक वरिष्ठ सदस्यलाई गिरफ्तार गरेपछि तनाव सुरू भएको हो ।
पछिल्ला तीन दिनमा भड्किएको हिंसाका कारण १५ जना बालबालिकासहित ४३ जनाको मृत्यु् भएको थियो । तीन सय भन्दा बढी घाइते भएका थिए ।
पछिल्लो भिडन्तलाइ इजरायल र गाजा बीच २०२१ को मे मा भएको हिंसापछिको ठूलो र गम्भीर मानिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies