२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

जापानबाट नेपाल रकम पठाउन येहे रेमिट सञ्चालनमा

Nada
पूर्ण चलाउने
२०८३ वैशाख २७ गते १९:०४
Shares
जापानबाट नेपाल रकम पठाउन येहे रेमिट सञ्चालनमा

टोकियो : जापानमा रहेका नेपालीको रकम छिटो छरितो र भरपर्दो तरिकाले नेपाल पठाउने उद्देश्यले 'येहे रेमिट' सञ्चालनमा ल्याइएको छ । टोकियोको आकिहाबारास्थित इन्टर एक्ट बिल्डिङमा शनिबार एक कार्यक्रमको आयोजना गरी रेमिट्यान्स सेवाको शुभारम्भ गरिएको हो ।

ncell

आधुनिक डिजिटल प्रविधिमार्फत छिटो, सुरक्षित तथा सहज रूपमा रकम पठाउने उद्देश्यसहित सञ्चालनमा आएको येहे रेमिटले जापानमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै सेवा सुरु गरेको जनाएको छ । 

No description available.

येहे रेमिटका कार्यकारी निर्देशक नविन निउरेले जापानमा रहेका नेपालीहरुको आवश्यकता र समस्यालाई केन्द्रमा राखेर सेवा सञ्चालन गरिएको बताए ।

 येहे रेमिटले आधुनिक प्रविधिको प्रयोगमार्फत सुरक्षित, भरपर्दो तथा प्रयोगमैत्री सेवा उपलब्ध गराउने पनि निउरेले बताए ।

जापानबाट नेपाल सहज रूपमा रकम पठाउन सकिने तथा इसेवासँगको सहकार्यमा नेपालमा रकम प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

कार्यालयको उद्घाटन समारोहमा गैरआवासीय नेपाली संघ आइसिसीका उपमहासचिव पारसमणि पोखरेल, सचिव शिव प्रसाद पौडेल, एसिया प्यासिफिक संयोजक दिपक कंडेल, एनसिसी जापानका अध्यक्ष सुभाष लामिछाने, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष रविन्द्र श्रेष्ठ लगायत विभिन्न नेपाली समुदायका प्रतिनिधि, व्यवसायी, समाजसेवीहरुको सहभागिता रहेको थियो ।

No description available.

No description available.

सम्बन्धित खबर