काठमाडौं : आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ ।
निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गर्दै असोज चौथो साता पहिलो हुने निर्वाचित हुने प्रणाली ‘प्रत्यक्ष’तर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता गर्ने भएको हो ।
प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन हुनेछ । असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।
असोज २८ गतेदेखि मङ्सिर १ गतेससम्म उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ ।
मंसिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ ।
आगामी चुनावबाट प्रत्यक्षतर्फ एक सय ६५ प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभातर्फ तीन सय तीस जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
समानुपातिकतर्फको निर्वाचनका लागि साउन ३० गते नै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।
निर्वाचन प्रयोजनका लागि साउन २२ गतेदेखि ३१ गतेसम्म दल दर्ता हुँदैछ । दर्ता भएका दलले असोज दुई र तीन गते उम्मेदवारको बन्दसूची बुझाउने छन् ।
समानुपातिकतर्फ एक सय १० जना प्रतिनिधि सभा सदस्य तथा दुई सय बीस जना प्रदेश सभा सदस्य निर्वाचित हुनेछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies