२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

साहित्यकार ज्योत्स्नाको मुक्तक संग्रह ‘एकसय थोपा बालामृत’लोकार्पित

Nada
२०८३ वैशाख २७ गते २०:२९
Shares
साहित्यकार ज्योत्स्नाको मुक्तक संग्रह ‘एकसय थोपा बालामृत’लोकार्पित

काठमाडौं : साहित्यकार नवराज पुडासैनी ‘ज्योत्स्ना’द्वारा लिखित बालबालिका एवं नव युवा लक्षित मुक्तक संग्रह ‘एकसय थोपा बालामृत’ को लोर्कापण गरिएको छ । 

ncell

गोकर्णेश्वर नगरपालिकास्थित भैरव स्मृति भवनको सभाकक्षमा आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ६ का अध्यक्ष नवराज लामाले मुक्तक संग्रह सार्वजनिक गर्नु भएको हो । 
वडाध्यक्ष लामाले साहित्यको विकासका लागि आगामी दिनमा पनि वडाको तर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता जनाए । 

लोर्कापण गरिएको कृतिमाथि टिप्पणी गर्दै कल्पतरु प्रज्ञा प्रतिष्ठानकी उपाध्यक्ष एवं कार्यक्रमका सभापति डा. विदुला घिमिरेले नेपाली साहित्यको मुक्तक विधामा प्रकाशित पहिलो बालमुक्तक संग्रह ‘एकसय थोपा बालामृत’ हरेक दृष्टिकोणले पठनीय भएको बताइन् ।

गजलकार एवं साहित्यकार सिद्धनारायण आचार्यले लोर्कापित कृति बालसाहित्यको महत्वपूर्ण दस्तावेज भएको धारणा राखे । अभिनव साहित्य समाजका अध्यक्ष  गोविन्द प्रसाद घिमिरे ‘वेदमणि’ ले कृतिकारलाई बधाइ दिँदै आगामी दिनमा थप साहित्यिक सफलताका लागि शुभकामना दिए । 

कृति प्रकाशक संस्था कल्पतरु प्रज्ञा प्रतिष्ठानकाका अध्यक्ष एवं कल्पतरु द्वैमासिकका प्रकाशक एवं प्रधानसम्पादक नवराज पुडासैनी ‘ज्योत्सना’ ले उपस्थित साहित्यकारहरूलाई धन्यवाद दिँदै सुसंस्कृत साहित्यले सभ्य समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विचार व्यक्त गरे ।

संस्थाका सचिव एवं साहित्यकार राजन पुडासैनीले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय सभा सदस्य विष्णु देवी पुडासैनीको समेत उपस्थिति रहेको थियो । 

ताजा खबर

सम्बन्धित खबर