एजेन्सी : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको घरमा संघीय जाँच ब्यूरो 'एफबीआई'ले छापा मारेको छ ।
पूर्वराष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित आलिसान निवासमा एफबीआईले छापा मारेको हो ।
राष्ट्रपति हुँदा सरकारी कागजातको दुरुपयोग सम्बन्धमा छानविनका लागि एफबीआईले छापा मारेको बताइएको छ ।
घरमा छापा मार्ने समयमा पूर्वराष्ट्रपति ट्रम्प भने न्यूयोर्क शहरको ट्रम्प टावरमा रहेको बताइएको छ ।
ट्रम्पले एक विज्ञप्ति जारी गर्दै आफ्नो निवास एफबीआईले कब्जामा लिएको आरोप लगाएका छन् ।
आफूले सहयोग गर्दा गर्दै पनि अनाधिकृत रुपले निवासमा छापा मारेको उनको आरोप छ ।
गत वर्ष अमेरिकी संसदमा भएको दंगामा ट्रम्पको संलग्नता भएको भन्दै छानविन प्रक्रिया जारी रहेकै बेला ट्रम्पको निवासमा छापा मारिएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies