२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

कतारमा गुन्जिए सर्जकहरु

ADV
तिलु शर्मा पौडेल
२०८१ साउन २५ गते १८:३२
कतारमा गुन्जिए सर्जकहरु

दोहा, कतार : कतारबाट साहित्यिक आकाशमा हरेक डबलीमार्फत नयाँ इँटा थपिरहेका साहित्यिक संस्थाद्वय अनेसास तथा नवोदित साहित्यिक वाचनालय कतारको संयुक्त आयोजनामा १४९औं डबली कार्यक्रम सम्पन्न भएको छ । उक्त डबलीमार्फत एक दर्जनभन्दा बढी सर्जकहरू गुन्जिएका छन् । 

म्याग्दी जिल्लामा जन्मिएर कतारलाई लामो समयदेखि कर्मथलो बनाएका मोना आईईसिका कोषाध्यक्ष तथा मोना कतारका प्रमुख सल्लाहकार नरेन्द्र फगामी विशिष्ट स्रोता रहेको डबलीमा सोम थापाले कार्यक्रमलाई संयोजन तथा सहजीकरण गरेका थिए । सर्जक तथा साहित्यकारहरू डिल्लीराज केसी, रफिम मिया, खिम पुन, पूर्ण कान्छा गुरुङ, सदिक्षा थपलिया, सन्तोष केसी, सुरेश परियार "आभास", दिलीप पराजुली, निर्दोष बस्याल "सामन्ती", अनवर अलि, नारायण भण्डारी "निर्जल",  शोभाराम ओली, खेमराज सुबेदी, राज रुचाल, सुजाता डिसी, लीलानाथ घिमिरे, गणेश बस्याल, प्रेम प्रसाद भट्टराई तिर्थसंगम राई, लेख कार्की, सन्दीप थपलिया "सानु", प्रकाश पाठक "योगी", सिताराम थापाले आफ्ना साहित्यिक रचनाहरू वाचन गरेका थिए ।

कार्यक्रमको अन्त्यमा बोल्दै विशिष्ट स्रोता फगामीले आफू सन २००५ देखि कतारमा कार्यरत रहेको बताउँदै आफू साहित्यकार नभएपनी साहित्य प्रेमी रहेको बताए । उनले हरेक मानिसमा सरस्वतीको बास हुने र त्यसलाई आफूले चिन्न सक्नु पर्ने बताउँदै आफू गीतसंगीत र साहित्यसँग नजिक रहेको बताए । उनले मोना कतार र साहित्यिक संस्थाको घनिष्ठ सम्बन्ध स्मरण गर्दै भविष्यमा पनी समयले साथ निरन्तर उपस्थित हुने बताए । विगत १४९ महिना देखी साहित्यिक संस्थाद्वयले हरेक महिनाको दोस्रो शुक्रबार वाचन डबली सञ्चालन गर्दै आइरहेका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise