२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

क्षेत्री समाज नेपाल युएईको अध्यक्षमा ढकाल निर्वाचित

Nada
निशान्त पाठक
२०८३ असार १ गते २१:०१
Shares
क्षेत्री समाज नेपाल युएईको अध्यक्षमा ढकाल निर्वाचित

दुबई : क्षेत्री समाज नेपाल युएई शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । प्रवासमा रहेका खस क्षेत्री समुदायलाई एकताबद्ध गर्ने उद्देश्यसहित आयोजित अधिवेशनले कृष्णबहादुर ढकाल क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

ncell

निर्वाचन समिति संयोजक दीपक खड्काका अनुसार अधिवेशनबाट उपाध्यक्षद्वयमा सुदीप कार्की र दीपक राउत, महिला उपाध्यक्षमा हिरा केसी, सचिवमा भीम केसी, सहसचिवमा टेस्रो खड्का, कोषाध्यक्षमा होमबहादुर महत तथा सहसचिवमा कमल केसी चयन भएका छन् । उनीहरूसहित २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको जनाइएको छ ।

अधिवेशनमा नेपालबाट जुममार्फत क्षेत्री समाज नेपालका केन्द्रीय अध्यक्ष रिवबहादुर थापा, अन्तर्राष्ट्रिय प्रवास इन्चार्ज हंसराज ढकाल तथा अन्य केन्द्रीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा क्षेत्री समाज नेपालका केन्द्रीय अध्यक्ष थापाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले प्रवासमा रहेका सम्पूर्ण खस क्षेत्री समुदायलाई संस्थामा आबद्ध गराउँदै समुदायको संस्कार, संस्कृति र पहिचान संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।

अधिवेशनले युएईमा रहेका क्षेत्री समुदायबीच संगठनात्मक एकता, आपसी सहकार्य र सामाजिक समन्वयलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ । साथै, प्रवासमा रहेका नेपालीहरूको साझा हित र समुदायको उत्थानका लागि शाखाले सक्रिय रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर