–मेघराज भट्टराई
नागरिक नभएको देश हुँदैन । संसारको तथ्य हेर्ने हो भने भूगोल नभएको नागरिक पनि हँुदैन । तर, साम्राज्यवादी नीतिले आज भूगोल गुमेका करोडौं नागरिक छन । उनीहरु आज विश्वका प्रायः सबै देशबाट अमेरिका, यूरोप, अस्ट्रेलिया, क्यानडा मात्र नभएर नेपालमा पनि शरणार्थी बनेर बसेका छन् । हामी नेपाली आफ्नो देश, घर, परिवार, जन्म थलो (साल नाल गाडेको ठाउँ) छोडेर विकसित देशको नागरिक बनेर नेपाली नागरिकता छोडेर पलायन भइरहेका छौं । पंक्तिकारलाई वि.सं. २०७२ सालको भूकम्पको समय काठमाडौं कपनस्थित खुल्ला ठाउँमा पाकिस्तानी नागरिक बिगत ११ वर्षदेखि बसेको कुरा त्यो बेला गथ्र्यो । मुलतान कराची पेशावरबाट सयौँ पाकिस्तानी नागरिक नेपाल आएर यतै बसेका छन् । सायद आज पनि उनीहरु त्यहीँ होलान् । सन् १९८८ मा भूटानबाट लखेटिएका एक लाख नेपाली भाषी भुटानी नागरिक आफ्नो देश नभएका नागरिक हुन् । सिरिया, लिबिया, अफगानिस्तान, इराक, म्यानमार आदि देशबाट दैनिक आफ्नो पहिचान बोकेको ठाउँ सदाको लागि छोडेर पलायन हुने गरेको घटना सञ्चार माध्यमबाट जानकारी हुन्छ । फेरि हामी नेपाली केही गरौं भनेर दैनिक चार हजारसम्म वैदेशिक रोजगारिको नाममा या अध्यनको नाममा विदेशीन्छौ । कती फर्किन्छौं कती उतै पलाएन हन्छौं । तर, यो सबै समस्याको पछाडिको कारण के हो ? हामी त्यता तिर ध्यान दिँदैनौं । नेपालमा जसरी भुटानी, पाकिस्तानी, म्यानमारीलगायत छन् उनीहरुको पीडालाई बुझ्दैनौं । नागरिक नभएको देश या देश नभएको नागरिकको पीडा नेपालीले भोग्न नपरोस् । जसको लागि समयमै सोंच्नुको विकल्प भने छैन ।
जब आफ्नो देशको राज्य व्यवस्था ठीक छैन भने नागरिकहरु त्यो देश छोड्न बाध्य हुन्छन् । जस्तो की अफगानिस्तानको घटना नै हेरौं । हिजो अमेरिका र रसियनको लडाईँबाट अफगानिस्तानमा लाखौं नागरिक देश छाड्न बाध्य भए भने अहिले फेरी कट्टर तालिम सरकारको रवैयाका कारण धेरै नागरिक आफ्नै देश अफगानिस्तानमा बस्न सक्ने अवस्थामा छैनन् । पाकिस्तानबाट आएका प्रस्तुन भाषी नागरिकको दमन थिचो मिचोबाट प्रस्चियान भाषी पलाएन भए हजार जाती पलाएन भए । उज्बेक भाषी नागरिक पलाएन भए । बर्माबाट रोहिंग्या मुसलमान किन पलाएन भए त्यसको अन्तरनिहित घटना फरक होला । तर, नागरिक त्यो देशबाट पलाएन हुन बाध्य त गरियो नि । ठीक यस्तै, पाकिस्तानी चरमपन्थी प्रस्तुनकै कारण पञ्जाबी भाषी मुसलमान पनि आफ्नो देश छोड्न बाध्य भए । पहिलो कुरा त पञ्जाबी मुसलमान नै थिएनन् । तर, धर्म बदले पछि पनि बसी खान नदिए पछि जायजेथा सबै त्यागेर शरणार्थी जीवन बिताउन बाध्य भए । आज मुस्लिम देशहरु पाकिस्तान र अफगानिस्तानमा हिन्दु अल्पसंख्यकको अवस्था निकै दयनीय छ । अर्कोतिर शरणार्थी बन्न गएर त्यही देश कब्जा गरेका उदाहरण पनि छन् । भारतले फिजीमा आफ्नो नागरिकको बहुमत पु¥याएर आदिवासीलाई सत्ताबाट पाखा पन्छायो । यता, सिक्किमको अवस्था पनि उस्तै हो । भारत पक्षधर सांसदहरुको बहुमत पुर्याएर सिक्किमनै भारतले आफ्नो देशभित्र पारेको छ । तर, यस्ता घटनाप्रति हामी नेपालीले भने चासो दिँदैनौं । हामीले त्यस्ता घटनाप्रति पूर्णं वेवास्ता गर्दछौं । जसको कारण नै आजको राजनीतिक, सामाजिक र आर्थिक अवस्था हो ।
आज नेपालीहरु आफ्नो भविष्य आफ्नो देशमा देख्न छोडी सकेका छौं । यो प्राकृतिक सम्पदाले भरिपूर्ण देश नेपाली जनता युवा वर्गलाई घाँडो साबित भएर नै विदेश पलायन हुने अवस्था आएको छ । तर, बाह्य शक्तिको लागि यो देश स्वर्ग छ । छिमेकी देश भारत यसलाई आफ्नै निकै महत्वपूर्णं हिस्साको रुपमा बुझ्दछ । उसले नेपालको प्राकृतिक स्रोत साधनमाथि आँखा लगाएर बसेको छ । भारत नेपालको प्राकृतिक स्रोतलाई आफ्नो अनुकुलमा प्रयोग गर्न पाए विश्वको थप शक्तिशाली भइन्छ भन्ने सोंचमा छ । देशभित्रका नदीनालामा जसरी भारतले कब्जा गरेको छ, हामी त्यति उदाहरण केलाएर हे¥यौं भने मात्रै पनि देशको अवस्था थाहा पाउँछौं ।
आज देशको शिक्षा लङ्गडो छ । स्वास्थ्य माफियाको हातमा छ । जनताले न रोजगारी पाउँछन् न त सीप सिक्न नै पाउँछन् । हाम्रो सार्वजनिक शिक्षाले हामीलाई रोजगार बन्न सिकाउँदैन । मजदूरी गर्दा खान पुग्दैन । राज्य विदेशीको लागि रजाईँ गर्ने क्षेत्र बनेको छ । कृषि विदेशीको हातमा छ । मल छैन, बीउ छैन, कीटनाशक औषधी छैन, सिंचाई छैन, प्रविधि छैन । यदी जेनतेन उत्पादन गरेमा भारतबाट हाम्रो उत्पादित भन्दा सस्तोमा आयात हुन्छ । जब उताबाट आउने कुराको लागत नेपालमा उत्पादन गर्दा लाग्नेभन्दा महँगो पर्छ भने किसानले मर्नु या विदेश जानु भन्दा अरु विकल्प पाउँदैनन् ।
आज नेपालभित्र आफ्नो देशका जनतालाई भगाउने र विदेशीलाई भित्र्याउने शैलीमा नागरिकता बाँड्ने गरिएको छ । यसरी नागरिकता बाँडिन्छ भने, त्यो देश निकट भबिष्य कस्तो होला ? बुझ्न असहज छैन । नेपाल आफ्नो अस्तित्व समाप्ति तीर जाँदैछ भन्नेमा दुविधा छैन । हामी नजिकैका कश्मीर, सिक्किम, फिजी अनि भूटानको अवस्था हेर्न सक्छौं । आयातितको भारमार कै कारण स्थानीय अल्पमतमा परेर आयातितसँग हाल फैलाउन भीख मागे झैँ अधिकार माग्नुपर्ने अवस्था आउँदैन भन्न सकिन्न । किनकी सिक्किम, फिजी अनि भुटानमा रहेका जनताको अवस्था के छ हामीले सहजै बुझ्न सक्छौं ।
आज जे–जसरी नागरिकता विधेयक ल्याएर नागरिकता बाँड्ने प्रयास गरिएको छ यसले सहजै बताउँछ हामी निकै समस्यातर्फ उन्मुख छौं । आफ्नै देशका नागरिकको व्यवस्थापन गर्न नसकेका हामीले तेस्रो मुलुकबाट आएका नागरिकलाई कसरी व्यवस्थापन गर्न व्यवस्थापन गर्न सक्छौं । जब व्यवस्थापन ठीक हँुदैन त्यहाँ अपराध बढेर जान्छ र राज्य नै कोल्याप्स हुने अवस्था पनि आउँछ । युगोस्लोविया भन्ने देश कोल्याप्स भएको धेरै भएको छैन । छिमेकी देश आफ्नो नागरिकताको विषयमा गम्भीर छन् । खुल्ला सीमाना छ, संसार कै धेरै नागरिक छन् । त्यहाँ डरलाग्दो भोकमरी छ, डरलाग्दो बेरोजगारी छ, बेथितिको अवस्था पनि उस्तै छ । अरु त अरु प्राकृतिक हिसाबले पनि पिछडिएको धेरै भूगोल कहिले पानीले डुब्छ त कहिले पानी नपाएर संकट पुग्छ । यदी हामीले नेपालमा सहजै नागरिकताको व्यवस्था ग¥यौं भने बिहारी भारतीले लाइन लागेर आउने अवस्था हुन्छ । आज जसरी तराई क्षेत्रमा अनौठो गरि जनसंख्या बढेको छ, त्यसले पनि बताउँछ यसअघि के–कसरी नागरिकता बाँडिएको थियो । त्यसैले त्यस्तो अवस्थामा नेपालभित्रै भारतीयको बहुमत पुग्ने अवस्था हुनसक्छ । अब पनि नागरिकता बाँड्न रोकेनौ भने हामी अल्पमतमा पर्ने छांै । भोली नेपालीको अस्तित्व नै सकिने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकको सन्र्दभमा चालेको कदम संविधान सम्मत छ वा छैन एउटा बहसको विषय भए पनि उनको कदम राष्ट्रहितमा भएकोमा दुविधा छैन । अहिले नेपालीको माग नागरिकता बाँड्न विधेयक होइन, यसअघि मनपरी बाँडिएका नागरिकताको छानबिन र त्यसउपर कारबाही हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies