२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता-२०८२ मा उत्कृष्ट २५ सार्वजनिक

Nada
२०८३ असार २५ गते १९:२७
Shares
आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता-२०८२ मा उत्कृष्ट २५ सार्वजनिक

काठमाडौं : साहित्यिक पत्रकार संघले दोस्रो संस्करणको विश्वव्यापी खुला ‘आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता-२०८२’ अन्तर्गत उत्कृष्ट २५ कविताको नतिजा सार्वजनिक गरेको छ ।

ncell

संघले जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रतियोगितामा विभिन्न समसामयिक विषयमा प्राप्त रचनामध्ये २५ उत्कृष्ट कविता छनोट गरिएको हो । छनोट सूचीमा ‘जागौं वीर युवा’ (विपेन आदिमा), ‘जेनजीबहादुर’ (सुनिता अधिकारी), ‘कवितामा देश’ (तुलसी घिमिरे), ‘प्रेमका परम गणितहरू’ (गुञ्जन राई) र ‘आवाजहरूको विद्रोह’ (संगीता खरेल) लगायतका शीर्षकहरू परेका छन् ।

यसैगरी ‘मुखौटाहरूको महोत्सव’ (रमेश दाहाल), ‘बलिदानीहरूको आवाज’ (सरस्वती विश्वकर्मा), ‘गाउँ जाने बाटो’ (मदन घिमिरे), ‘मान्छे हरायो’ (किरण विश्वकर्मा), ‘सहर अब सहर होइन’ (अञ्चु सुवेदी) लगायतका रचनाहरू पनि उत्कृष्ट सूचीमा समेटिएका छन् ।

निर्णायक समितिले वरिष्ठ समालोचक प्रमोद प्रधानको संयोजकत्वमा मूल्यांकन गरेको जनाइएको छ । प्रतियोगिताका लागि अमेरिकामा रहेकी समाजसेवी सपना राउतले आर्थिक सहयोग उपलब्ध गराएकी हुन् ।

प्रतियोगितामा ४० वर्षमुनिका स्रष्टाले समसामयिक विषयमा अप्रकाशित कविता पठाउन पाउने सर्त राखिएको थियो । विजेताले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने उत्कृष्ट २५ भित्र परेका सबै स्रष्टालाई पनि प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।

संघले कविता बुझाउने अन्तिम मिति २०८२ पुस मसान्त तोकेको थियो । यसअघि संघले निबन्ध प्रतियोगिता समेत आयोजना गरिसकेको छ ।

वि.सं. २०२९ मा स्थापना भएको साहित्यिक पत्रकार संघ नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्धनमा सक्रिय संस्था हो । संघले विभिन्न साहित्यिक कार्यक्रम, पुरस्कार तथा सम्मानमार्फत स्रष्टाहरूलाई प्रोत्साहन गर्दै आएको छ । कथा दिवस, कवितायात्रा, साहित्यिक गोष्ठी तथा प्रकाशन गतिविधिमार्फत संघले लामो समयदेखि सिर्जनात्मक योगदान दिँदै आएको छ ।

सम्बन्धित खबर