२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कम्युनिटी चेन क्याफेमा जोड दिँदै ज्योति

ADV
२०८१ जेठ २७ गते ०६:५०
कम्युनिटी चेन क्याफेमा जोड दिँदै ज्योति

ज्योति पौडेलले काठमाडौंका विभिन्न कलेजमा होटल म्यानेजमेन्ट पढाउछन् । त्यसका साथै उनले हस्पिटालिटी व्यवसायमा समेत काम गरिरहेका छन् । होटल म्यानेजमेन्ट पढेर विदेश गएका ज्योति ६ वर्षमा नेपाल फर्किएर अहिले कम्युनिटी चेन क्याफे व्यवसायमा व्यस्त छन् । प्राइम लोकेसन भन्दा फरक स्थान रोज्दै काठमाडौंमा गल्ली भित्र क्याफे खेलेर व्यापार गरिहेका छन् उनले । ब्राण्डीङ गरेर व्यापारलाई अगाडि बढाउन सकिन्छ भन्ने आत्मविश्वासको साथ सुपो चिया चौतारीबाट व्यापार शुरु गरेका थिए उनले । अहिले चियासँगै पिज्जा, विर्‍यानी समेत थपेर चेन क्याफेको रुपमा अहिले नाङ्लोमा पिजा, बिरयानी र चियालाई अगाडी बढाएका छन् ज्योति । प्रस्तुत छ, नाङ्लोमा पिज्जा, विर्‍यानी र चियाका सिईओ ज्योति पौडेलसँग मध्यान्हका छबि सापकोटाले गरेको कुराकानी । 

नाङ्लोमा पिज्जा विर्‍यानी र चिया बेच्ने योजना कसरी बन्यो ? 

नेपालको इतिहास हेर्ने हो भने सडकमा छेउ, चौतारी, चोेकतिर नाङलोमा पसल गर्ने प्रचलन थियो । हाम्रो पुस्ताले आफै बारीमा रहेको निगालोबाट नाङलो (सुपो) बनाए । त्यो नाङलो घरायसी प्रयोजनमा प्रयोग त हुने नै थियो । सानो व्यापार गर्नेहरु समेत नाङलोमा राखेर व्यवसाय गर्ने गरेका थिए । नाङलो पसल नेपाली पुर्ख्यौली व्यवसाय हो । अब यसलाई ब्राण्डिङ गर्ने हो भने केही गर्न सकिन्छ भन्ने सोचका साथ सुरुमा सुपो चिया चौतारीबाट क्याफे सुरुवात गरौं । ग्राहकको माया बढ्दै जाँदा काठमाडौंको तीन स्थानमा थप आउटलेट बन्यो । तर, अहिले चियामात्र मात्र होइन खाजा समेत थप्यौँ । खानामा पिज्जा र विर्‍यानी समेत थपेर नाङलोमा पिज्जा, विर्‍यानी र चियासँगैसगै कम्युनिटी चेन क्याफेको रुपमा अगाडि बढाएको छौं । 

कम्युनिटी चेन क्याफे भन्नु भएको छ यो कसरी सञ्चालन हुन्छ ? 

हाम्रो क्याफे प्राइम लोकेनसमा होइन् । सहरको गल्लीभित्रका चोकमा हामीले व्यवसाय गर्ने उदेश्य छ । प्राइम लोकसनमा भाडा महँगो हुँदा महँगोमा बेच्नुपर्ने बाध्यता हुन्छ । त्यसलै स्वादमा र गुणस्तरमा सम्झौता नगर्न लोकेसनलाई आफैले स्थापित गर्ने हो भने ग्राहकहरु सन्तुष्ट बनाउन सकिन्छ भन्ने नै हो । हामीले किचनमा स्टार होटलमा काम गरेका कुक र हस्पिटालिटी पढेका र तालिम लिएका स्टाफबाट सेवा दिन्छौं । गल्लीमा व्यवसाय गर्ने हो भने छोटो समयमा प्राइम लोकसन भन्दा राम्रा व्यापार गर्न सकिन्छ सोच हामीले लिएका छौं । त्यहि आत्मविश्वास हो कम्युनिटी चेन क्याफेको अवधारणा । 

नेपालमा चेन क्याफेको सम्भावना कस्तो छ  ? 

हाम्रो देश सानो सानो व्यवसाय गर्ने उत्तम स्थान नै हो । विदेशमा गएर अर्काेको काम गरेर महिनाको ६०÷७० हजार कमाउन मुस्किल छ । तर, नेपालमै चोक चोकमा परिवारले नै चलाएको चिया पसलले समेत बिदेशमा भन्दा राम्रो आम्दानी गरेका छन् । अब साना चिया पसल जस्तालाई विजनेस मोडलमा लैजानुपर्छ । अहिले साना चिया पसल एक परिवारको संलगनतामा चलिरहेका छन् । आफ्नो व्यसायाय विस्तार गर्न सकिरहेका छैनन् । तर नयाँ पुस्ता जो हस्पिटालिटी क्षेत्रमा अध्ययन गरिरहेका छन उनीहरुलाई उद्यमशीलता बनाउन आवश्यक छ । व्यवसाय सानो ठूलो हुँदैन । आज सानो व्यवसाय देशभर सञ्जाल विस्तार गरेर अन्तर्राष्ट्रिय चेन व्यवसाय समेत बन्न सक्छ । आज कसैले चियाबाट शुरु गरेको व्यवसाय फाइभस्टार होटलमा समेत लगानी गर्न सक्ने हुन्छ । चियाको आफनो टेष्ट दिन सक्ने हो भने चिया नबिक्ने काठमाडौंको कुनै चोक तथा गल्ली छैन । 

कस्ता ग्राहक तपाईंको क्याफेको टार्गेटमा पर्छन् ? 

अहिले लोकेसन भन्दापनि टेष्टका लागि ग्राहक क्याफेमा जाने प्रचलन छ । कम खर्चमा राम्रो सर्भिसको चाहना ग्राहकमा देखिन्छ । साथी भाइसँग चियाको चुम्की लगाएर सस्तो खाजामा खाने स्थान खोजी हामीले गरिरहेका हुन्छौं । आफैँ कामदार आफैँ मालिक भएर चलेको चिया पसल चोक चोकमा छन्, तर व्यवसायी चेन क्याफेले प्राइम लोकसन मात्र रोज्ने गर्छन् । त्यसलै मध्यम वर्गका ग्राहकले लोकेसन भन्दा पनि सफा, गुणस्तर र राम्रो आतिथ्यताको स्थान अभाव छ । हाम्रो टार्गेट ग्राहक उहाँहरु नै हो जो सस्तो मुल्यमा प्राइभ लोकेसनमा सञ्चालन भइरहेका क्याफेको सेवा लिन चाहिरहेका छन् । हाम्रो आफ्नै नयाँ टेष्ट दिन सक्ने योजनाका साथ व्यवसायमा होमिएका छौं । हामी थेरै होइन धेरै बेचेर व्यवसाय गर्ने योजना बनाइरहेको छौं । नेपालमा साना व्यवसाय अझै पनि पछाडि छन् । ब्राण्डिङ नहुँदा जति मेहनत गर्दा समेत व्यवसाय विस्तार हुन सकिरहेको छैन । अब नेपालमा साना व्यवसायमा चेन विजनेसको सम्भावना धेरै नै छ । सय कप चिया बेच्ने होइन हजार कप चिया बेच्ने योजना हाम्रो छ । कुनैपनि व्यवसायमा सफतता भनेको मेहनत हो । विदेशमा पनि काम गर्नैपर्छ, संघर्ष समेत उस्तै छ । विकसित मुलुकमा धेरै जसो बिजनेस सेट भइसकको अवस्था छ । तर, नेपालमा भने कम लगानी गरेर व्यवसाय गर्न सक्ने अवस्था छ ।

ADVADV

सम्बन्धित खबर

Advertise