२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

राज सिग्देलले शुक्रबार कतारमा सांगीतिक प्रस्तुति दिने

Nada
तिलु शर्मा पौडेल
२०८३ असार ३१ गते १४:१६
Shares
राज सिग्देलले शुक्रबार कतारमा सांगीतिक प्रस्तुति दिने

दोहा कतार : नवोदित साहित्यिक वाचनालय कतारले आफ्नो १८औं अधिवेशन–२०२६ को अवसरमा नेपाली सुगम संगीतका चर्चित गायक राज सिग्देलको सुमधुर गजल साँझ कार्यक्रम आयोजना गर्ने भएको छ । संस्थाको १७१औं डबली तथा २१२औं भानु जयन्तीको अवसर पारेर आयोजना गरिने कार्यक्रममा नेपाली सुगम संगीतका एक निष्ठावान् र अथक साधक सिग्देल प्रमुख आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ । 

ncell

कार्यक्रम आउँदो शुक्रबार प्लाजा मलमा रहेको वेलफेयर रेस्टुरेन्टको सभा हलमा साँझ ६ बजेदेखि सञ्चालन हुनेछ । नेपाली सुगम संगीतमा मधुर स्वर, भावपूर्ण अभिव्यक्ति र शास्त्रीय संगीतको सशक्त संयोजनका कारण विशिष्ट परिचय बनाउन सफल सिग्देल गुणस्तरीय तथा कालजयी सिर्जनाका पक्षधर कलाकारका रूपमा परिचित छन् । गीतलाई केवल प्रस्तुत गर्ने माध्यमका रूपमा नभई भावना र जीवनसँग जोडेर गाउने उनको शैलीले नेपाली संगीतप्रेमीहरूको मनमा अलग पहिचान स्थापित गरेको छ ।

सिग्देलका 'ऊ जितेर गई’ सर्वाधिक लोकप्रिय तथा कालजयी गीतमध्ये एक मानिन्छ । त्यसैगरी ‘म रोए पनि तिमी हाँसी राख्नु’, ‘म त यसै बदनाम भएर बाँचिरहेँ’, ‘बरु हाँस्नु म मर्दै गर्दा’, ‘सम्झेर प्यारो तिम्रो’, ‘तिमी कुन सहरको’, ‘यो मुटुको कसम’, ‘घरी घरी’, ‘धेरै दिनदेखि’, ‘जुन दिन तिमीलाई’, ‘उज्यालो होस्’, ‘यो त जाली सहर’, ‘सपनाले लुट्यो’, ‘नजर दामी हजुरको’, ‘बग्ने खोला’ र ‘देउता’ लगायतका गीत श्रोतामाझ लोकप्रिय छन् ।

नेपाली कला, साहित्य र संगीतप्रेमीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर