२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

अपवित्र साँठगाँठतिर नलाग्न पार्टी नेतृत्वलाई झलनाथ खनालको आग्रह

Nada
२०८३ साउन ३ गते १३:५४
Shares
अपवित्र साँठगाँठतिर नलाग्न पार्टी नेतृत्वलाई झलनाथ खनालको आग्रह

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय संगठन समिति सदस्य तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि अपवित्र साँठगाँठ नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

ncell

आज (आइतबार) जारी विज्ञप्तिमा खनालले नयाँ सरकार गठनपछि देशका राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, जनअधिकार, सूचना पाउने अधिकार तथा विभिन्न संवैधानिक संस्थाहरूबीचको सम्बन्ध कमजोर बन्दै गएको दाबी गरेका छन् । उनले विदेशी हस्तक्षेप र बढ्दो घरेलु अस्थिरताप्रति पनि चिन्ता व्यक्त गरेका छन् ।

खनालले वर्तमान परिस्थितिमा वामपन्थी, लोकतान्त्रिक, समाजवादी तथा प्रगतिशील शक्तिहरूबीच एकता आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि आपसी आग्रह, पूर्वाग्रह, दम्भ र घमण्ड त्याग्नुपर्ने बताएका छन् । साथै, विगतमा दक्षिणपन्थी शक्तिसँग गरिएको सहकार्यलाई गल्ती भएको स्वीकार गर्दै अब त्यस्तो अभ्यास दोहोरिन नहुने बताएका छन् ।

उनले पार्टी नेतृत्वलाई तत्काल केन्द्रीय संगठन समितिको बैठक बोलाई वर्तमान राजनीतिक अवस्था, पार्टीको कार्यदिशा तथा प्रदेश सरकार गठनसम्बन्धी नीति स्पष्ट गर्न आग्रह गरेका छन् । कुनै पनि नयाँ राजनीतिक समीकरणमा जानुअघि पार्टीभित्र व्यापक छलफल हुनुपर्ने उनको भनाइ छ ।

विज्ञप्तिको अन्त्यमा खनालले अहिलेको समय सत्ता साझेदारी वा साँठगाँठ गर्ने नभई सही कार्यदिशाका आधारमा पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्ने समय भएको उल्लेख गरेका छन् ।
 

ताजा खबर

सम्बन्धित खबर