२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने

ADV
मध्यान्ह
२०८१ साउन २८ गते १३:४६
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने

काठमाडौँ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन् ।

कांग्रेस-एमालेको समर्थनमा साउन २० गते मुख्यमन्त्री नियुक्त भएका शाहले प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन आग्रह गरेका हुन् ।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने गरी पत्र पठाएको बताउँदै प्रदेश सभा सचिवालयले आवश्यक व्यवस्थापन गरिरहेको जानकारी दिए । मुख्यमन्त्री शाहले विश्वासको मत लिइसकेपछि चालु आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise