
काठमाडौं : वैदेशिक रोजगारीमा बेलायत पठाइदिने भन्दै १७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । प्रहरीले वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा काठमाडौं महानगरपालिका–१७ बस्ने ३२ वर्षीया पूजा शाहीलाई माइतीघरबाट पक्राउ गरेको हो ।
आकर्षक तलबसहितको रोजगारीमा बेलायत पठाउने भन्दै एक जनाबाट १७ लाख रुपैयाँ लिएर शाही सम्पर्कविहीन भएको जाहेरी परेको थियो । उनीमाथि वैदेशिक रोजगार ठगीको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।