२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

श्रममन्त्री यादव बिहानै विभाग निरीक्षणमा

Nada
२०८३ साउन ५ गते ११:४५
Shares
श्रममन्त्री यादव बिहानै विभाग निरीक्षणमा

काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव वैदेशिक रोजगार विभाग निरीक्षणमा पुगेका छन् । मन्त्री यादव मन्त्रालयका सहसचिव सहित मंगलबार बिहान ताहाचलस्थित विभाग कार्यालय पुगेका थिए ।

ncell

विभागकी महानिर्देशक मिरा आचार्य तथा उपनिर्देशक बिन्दा आचार्यले मन्त्री यादवलाई खादा पहिर्याएर स्वागत गरे ।

वैदेशिक रोजगार विभाग पछिल्ला दिनमा जवरजस्त रूपमा कामदारमैत्री देखिने प्रयासमा रहेको छ। मन्त्री यादवले पनि वैदेशिक रोजगार ठगी नियन्त्रणमा जोड दिँदै आएका छन् ।

गत वर्ष भदौ २३, २४ गतेको जेनजी आन्दोलनमा भएको आगजनीका कारणले विभागमा सेवाग्राहीको संख्या साँगुरो बनेको महानिर्देशक आचार्यको भनाइ छ । मंगलबारको निरीक्षणमा मन्त्री यादवले विभागले गर्ने अनुगमन, मुद्वा फर्छ्यौटलगायतका विषयमा चासो राखेको बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर