२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

वैदेशिक रोजगारका ४० हजार बढी पुराना फाइल डिजिटलाइज गरिँदै, ठगी शून्यमा झार्ने श्रममन्त्रीको उद्घोष

Nada
२०८३ साउन ५ गते १२:०३
Shares
वैदेशिक रोजगारका ४० हजार बढी पुराना फाइल डिजिटलाइज गरिँदै, ठगी शून्यमा झार्ने श्रममन्त्रीको उद्घोष

काठमाडौं : युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा हुने ठगीलाई न्युनिकरण गर्दै शुन्यमा पु¥याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताएका छन् ।

ncell

मंगलबार ताहाचलस्थित वैदेशिक रोजगार विभागको निरीक्षणका क्रममा उनले वर्षौंदेखि थन्किएर रहेका उजुरीका फाइलहरूलाई व्यवस्थापन गरी दोषीमाथि कारबाही अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मन्त्री यादवकाअनुसार वि.सं. २०५७ सालदेखि थन्किएर बसेका ४० हजारभन्दा बढी उजुरीका फाइलहरू हालै फेला परेका छन् । दशकौंदेखि कसैले चासो नदिएका यी फाइलहरूलाई विभागको नेतृत्वमा धुलो टकटकाएर व्यवस्थित गर्ने तयारी मन्त्रालयको रहेको पनि बताए ।

यी सबै फाइललाई डिजिटलाइज गरेर गहिरो अनुसन्धान गरी पीडितहरूलाई न्याय दिलाउने प्रक्रिया अघि बढाइने उनले बताए । वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउन मन्त्रालयले नयाँ डिजिटल प्लेटफर्मको सुरुवात गरेको छ ।

अब उजुरीकर्ताले अनलाइनमार्फत निवेदन दिनसक्ने र प्रणालीले नै स्वतः कानूनी ढाँचा (टेम्प्लेट) तयार गर्ने भएकाले सेवाग्राहीले महँगो कानुनी सहायता लिनु नपर्ने मन्त्री यादवले स्पष्ट पारे ।

ठगी गर्नेहरूलाई चेतावनी दिँदै उनले जहाँ लुकेर बसे पनि नेपाल प्रहरी र अनुसन्धान निकायको सहयोगमा पक्राउ गरी कानूनअनुसार कारबाही गरिने बताए । पीडितको रकम फिर्ता गराउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । 

मन्त्री यादवले हालको मौजुदा ऐनलाई संशोधन गरी नयाँ युग सुहाउँदो कानून निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए । वैदेशिक रोजगारीको विकल्पका रूपमा आन्तरिक रोजगारीलाई प्रवर्धन गर्न मन्त्रालयले १५ वटा विभिन्न ‘रोजगार प्याकेज’ ल्याउन लागेको र त्यसका लागि अध्ययन भइरहेको समेत उनले जानकारी दिए ।

यो प्रणालीलाई मर्यादित, पारदर्शी र श्रमिकमुखी बनाउन अहिले ‘सफाई अभियान’ चलिरहेको उल्लेख गर्दै उनले छिट्टै युवाहरूले स्वदेशमै रोजगारी पाउने वातावरण बन्ने विश्वास दिलाए ।

ताजा खबर

सम्बन्धित खबर