२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

बितेका १० वर्ष कांग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिए : गगन थापा

Nada
२०८३ साउन ५ गते १६:५७
Shares
बितेका १० वर्ष कांग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिए : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारो’ र ‘काला’ दिन भएको टिप्पणी गरेका छन् ।

ncell

मंगलबार काठमाडौंमा पार्टीका महामन्त्री गुरु घिमिरेद्वारा लिखित पुस्तक 'बुद्ध, बिपी र आजका नेता' र 'लिलिपुटका लघुमानव' विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले उक्त अवधिमा पार्टीभित्र र राष्ट्रिय राजनीतिमा समेत सिद्धान्तभन्दा सत्ता र शक्तिको राजनीति हावी भएको बताए । उनले राजनीतिक दलका नेताहरुले सत्ता र शक्तिका लागि नागरिकका सबै समस्या र राष्ट्रिय मुद्दा सबै कुराको तिलाञ्जली दिएको आरोप पनि लगाए ।

उनले आफू पार्टीको सिद्धान्तसँग अडिग रहेको कारण निरन्तर संघर्ष गर्दै यहाँसम्म आइपुगेको पनि बताए । उनले पछिल्ला १० वर्षको राजनीतिक अभ्यासले नयाँ पुस्तामा राजनीतिप्रति सकारात्मक सन्देश दिन नसकेको बताए ।

पार्टीको सिद्धान्तर र नागरिकका अपेक्षअनुसार नेपाली कांग्रेसलाई पुन: लोकप्रिय पार्टी बनाउने कुरामा सबै कटिवद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिए ।

सभापति थापाले कांग्रेसले मुलुकलाई समृद्ध नभई समुन्नत बनाउने दिशामा काम गर्नुपर्ने बताए ।

ताजा खबर

सम्बन्धित खबर