२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

Nada
२०८३ साउन ६ गते १२:५३
Shares
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले पार्टी फुटाउन होइन, जोड्न एकता कायम गर्नुपर्ने बताएका छन् ।

ncell

नेपाली कांग्रेस, भरतपुर महानगर समितिले आज आयोजना गरेको ४४औँ बिपी स्मृति दिवसका अवसरमा उनले सो धारणा राखेका हुन् ।

आयोजित वृक्षारोपण कार्यक्रम पछि उनले स्थानीय पत्रकारसँग कुराकानी गर्दै मुलुकको विकासका लागि कांग्रेस फुट्नु अभिशाप हुने जिकिर गरे । नेता आङ्देम्बेले पार्टी फुटाउन होइन, जुटाउन गोलबद्ध हुनुपर्छ भने ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, नेपाली काँग्रेसका नेता डा. केदार नरसिंह केसी, कांग्रेस चितवनका सभापति राजेश्वर खनाललगायतका नेता तथा कार्यकर्ताको सहभागिता थियो । भरतपुर–१० स्थित गेष्टहाउस पछाडिको खुला मैदानमा वृक्षारोपण गरिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर