२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

बिपी स्मृति दिवस : कांग्रेस इतर समूहको कार्यक्रम सुरु

Nada
२०८३ साउन ६ गते १४:२०
Shares
बिपी स्मृति दिवस : कांग्रेस इतर समूहको कार्यक्रम सुरु

काठमाडौँ : नेपाली कांग्रेसको संस्थापनइतर समूहले बिपी स्मृति दिवसका अवसरमा छुट्टै समारोह आयोजना गरेको छ । काठमाडौंको प्रज्ञा भवनमा छुट्टै समारोह आयोजना गरेको हो ।

ncell

नेपाली कांग्रेसको संस्थापन इतर (निवर्तमान सभापति शेरबहादुर देउवा र डा.शेखर कोइराला) समूहको वीपी स्मृति दिवसको कार्यक्रम तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु गरेका छन् । कार्यक्रमका लागि समूहले पूर्व महामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा समिति बनाएको थियो । 

कार्यक्रमको उद्घाटन संयोजक सिंह, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा.शेखर कोइरालाले संयुक्त रूपमा पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । 

उनीहरूले कार्यक्रमको उद्घाटन गरेपछि बिरुवामा पानी पनि हालेका थिए ।  समूहले ‘संवाद, सहमति र एकता – आजको आवश्यकता’ विषयक स्मृति सभा कार्यक्रम गरिरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर