
काठमाडौं : नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष महाधिवेशन भएको दाबी गरेका छन् ।
इतर पक्षले काठमाडौंमा गरेको भेलालाई सम्बोधन गर्दै कांग्रेस बलियो नभए मूलुक दुर्घटनामा जाने बताए । उनले गगन थापाको नेतृत्वमा चुनावमा गएकाले पार्टीले खरानी भएको दाबी गरे। गगनले काठमाडौं ४ बाट चुनाव लडेको भए जमानत जफत हुने जिकिर गरे ।
गगन नेतृत्वको कांग्रेस भदौ २ गतेबाट महाधिवेशनमा लाग्ने भएकाले ढिला नगरी बिपीले बनाएको कांग्रेस बनाउन जानुपर्ने बताए । उनले सहमतिको सम्भावना नभएको जिकिर गरे ।