२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

कांग्रेस एकताका लागि साहसिक पहल गर्न गगन थापालाई सिटौलाको आग्रह

Nada
२०८३ साउन ६ गते १७:२३
Shares
कांग्रेस एकताका लागि साहसिक पहल गर्न गगन थापालाई सिटौलाको आग्रह

काठमाडौँ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीभित्र एकता कायम गर्न सभापति गगनकुमार थापाले साहसिक र खुला पहल गर्नुपर्ने बताएका छन् ।

ncell

४४औँ बीपी स्मृति दिवसका अवसरमा काठमाडौँस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा बोल्दै नेता सिटौलाले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी नेतृत्वले लिनुपर्ने धारणा राखे ।

उनले सभापति थापालाई कुनै आग्रह वा दबाबमा नपरी सबै पक्षलाई समेटेर अघि बढ्न आग्रह गरे । काँग्रेसलाई जोड्ने उद्देश्यका साथ निर्णय लिन र एकताको वातावरण बनाउन नेतृत्वले दृढता देखाउनुपर्ने उनको भनाइ थियो ।

सिटौलाले आफूहरू पार्टीभित्र कुनै प्रकारको छलकपट नगरेको दाबी गर्दै आगामी दिनमा राष्ट्रिय भेला आयोजना गरी नयाँ कार्यदिशाबारे छलफल गर्ने जानकारी दिए ।

उनले पार्टीको भविष्य र आगामी रणनीतिबारे स्पष्ट धारणा सार्वजनिक गरिने उल्लेख गर्दै आफूहरूले उठाएका विषय खुला रूपमा राखिरहेको बताए ।

नेता सिटौलाले काँग्रेसलाई बलियो बनाउन संवाद, एकता र स्पष्ट राजनीतिक दिशाको आवश्यकता रहेकोमा जोड दिए ।

ताजा खबर

सम्बन्धित खबर