२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

कतार एयरवेजद्वारा बहराइन, कुवेत र एर्बिल उडान अस्थायी रूपमा स्थगित

Nada
२०८३ साउन ७ गते २०:३४
Shares
कतार एयरवेजद्वारा बहराइन, कुवेत र एर्बिल उडान अस्थायी रूपमा स्थगित

दोहा : क्षेत्रीय तनाव बढ्दै गएपछि यात्रुहरूको सुरक्षा र सञ्चालन व्यवस्थापनलाई ध्यानमा राख्दै कतार एयरवेजले बहराइन, कुवेत र इराकको एर्बिल गन्तव्यका नियमित उडानहरू अस्थायी रूपमा स्थगित गरेको जनाएको छ । एयरलाइन्सले जारी गरेको ट्राभल अलर्टअनुसार बहराइन र एर्बिल तर्फका सबै उडान सेवा आगामी शनिबाल सम्मका लागि अस्थायी रूपमा स्थगित गरिएको छ ।

ncell

त्यस्तै, कुवेत तर्फ हुने उडानहरू जुलाई ३१ सम्म स्थगित रहने कतार एयरवेजले जनाएको छ । यात्रुहरूलाई आफ्नो उडानको पछिल्लो अवस्थाबारे जानकारी लिन कतार एयरवेजको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत नियमित रूपमा अद्यावधिक विवरण हेर्न तथा आवश्यक परे एयरलाइन्ससँग सम्पर्क गर्न अनुरोध गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर