२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते, पाँच विषयमा छलफल हुने

Nada
२०८३ साउन ८ गते १३:२४
Shares
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते, पाँच विषयमा छलफल हुने

काठमाडौँ : नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको छैटौँ बैठक साउन १० गते आह्वान गरेको छ ।

ncell

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्ने तय गरिएको छ । बैठकमा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ ।

बैठकको कार्यसूचीमा पाँच प्रमुख विषय समावेश गरिएको छ । तीमध्ये शून्य समय, बी.पी. स्मृति दिवसका अवसरमा सञ्चालन गरिएको ‘ग्रिन रन’ लगायतका कार्यक्रमको समीक्षा, विभिन्न उपसमितिको कार्ययोजना प्रस्तुतीकरण, आवश्यकताअनुसार थप उपसमिति गठन तथा विस्तार, र समसामयिक विषयमा छलफल रहेका छन् ।

पार्टीले बैठकमार्फत प्रतिष्ठानअन्तर्गतका गतिविधिको समीक्षा गर्दै आगामी कार्यदिशाबारे आवश्यक निर्णय लिने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर