२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

गणेश नेपालीका परिवारलाई गगन थापाले गरे एक लाख रुपैयाँ सहयोग

Nada
२०८३ साउन ८ गते १३:३१
Shares
गणेश नेपालीका परिवारलाई गगन थापाले गरे एक लाख रुपैयाँ सहयोग

काठमाडौँ : काठमाडौँमा आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका गणेश नेपालीका परिवारलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

ncell

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिअनुसार सभापति थापाले व्यक्तिगत तर्फबाट राहत स्वरूप उक्त रकम प्रदान गरेका हुन् ।

विज्ञप्तिमा सभापति थापाले दिवंगत गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिर सान्तीको कामना गरेका छन् । साथै, शोकाकुल परिवारजनप्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन् ।

मुगुको सोरु गाउँपालिका-१ निवासी २५ वर्षीय गणेश नेपालीले गत असार २५ गते काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडिको सडकमा आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा आगो लगाएका थिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा भोलिपल्ट वीर अस्पतालमा मृत्यु भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर