
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको स्वाधीनता रक्षा गर्ने मुख्य कार्यबाट मुख्य कार्यबाट वामपन्थीहरू केही हदसम्म विमुख भएको बताएका छन् ।
४८ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले राष्ट्रको स्वाधीनता रक्षा, शक्ति सञ्चय र जनतालाई निरन्तर आन्दोलित गराइराख्ने मुख्य कार्यबाट वामपन्थीहरू केही हदसम्म विमुख भएकाले मुलुक गम्भीर संकटमा परेको बताएका हुन् ।
उनले प्रतिगामी वा बाह्य शक्तिहरूले देशलाई अस्थिर बनाउन खोजिरहेको थाहा पाएर पनि त्यसलाई समयमै रोक्न आवश्यक तयारी गर्न नसकिएको स्वीकार गरे । उनले सोसल मिडियाको नकारात्मक प्रभावबाट युवाहरूलाई मुक्त गराएर मात्र राष्ट्रिय स्वाधीनता र क्रान्तिका लागि फेरि आन्दोलित गराउन सकिने धारणा राखे ।
प्रचण्डले शान्ति सम्झौता र संविधानसभापछि आफूहरू काठमाडौं र सत्ता केन्द्रित भएको स्वीकार गरेका छन् ।
उनले भने, ‘शान्ति सम्झौता र संविधानसभापछि काठमाडौं र सत्ताको समीकरणको कार्यनीतिक कामै होइन भन्दिनँ, त्यो पनि काम हो, तर त्यो कार्यनीतिक कुरा थियो। हामी स्ट्राटेजीलाई हामीले छोड्यौँ ।’
विचारको स्कुलिङ निरन्तर युवा पुस्तामा गर्नुपर्ने कुरामा कम्युनिस्टहरूको गल्ती भएको बताए ।
उनले भने, ‘नेपाल राष्ट्रको स्वाधीनताको रक्षाको निम्ति निरन्तर चनाखो हुनुपर्ने, शक्ति सञ्चय गरिराख्नुपर्ने, शक्ति आर्जन गरिराख्नुपर्ने, जनताको बीचमा गइराख्नुपर्ने र जनतालाई आन्दोलित गरिराख्नुपर्ने प्रमुख कामबाट हामी केही विमुख हुन पुग्यौँ, यही नै मुख्य कमजोरी भयो ।’