२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

चिकित्सक संघको आन्दोलनले अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द, बिरामीलाई सास्ती (तस्बिरहरू)

Nada
२०८३ साउन १२ गते ११:४३
Shares
चिकित्सक संघको आन्दोलनले अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द, बिरामीलाई सास्ती (तस्बिरहरू)

काठमाडौं : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आह्वान गरेको आन्दोलनका कारण आज मंगलबार देशभरका अधिकांश अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द भएका छन् ।

संघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा स्थगित गरिएको हो । चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति, दोषीमाथि कारबाही र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नुपर्ने माग राख्दै संघले आन्दोलन गरेको जनाएको छ ।

May be an image of turnstile, hospital and text

सेवा बन्द भएपछि उपचारका लागि अस्पताल पुगेका बिरामी र सेवाग्राही प्रभावित भएका छन् । काठमाडौंका नयाँ बानेश्वरस्थित सिभिल अस्पताल, वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आकस्मिक सेवा सञ्चालनमा रहे पनि अन्य सेवा बन्द हुँदा सेवाग्राहीको भीड बढेको देखिएको छ । धेरै बिरामी उपचार नपाई फर्किन बाध्य भएका छन् भने कतिपयले आकस्मिक कक्षमार्फत सेवा लिन खोज्दा चाप बढेको छ ।

चिकित्सक संघले आफ्ना माग सम्बोधन नभएसम्म थप आन्दोलनका कार्यक्रम घोषणा गर्न सकिने चेतावनी दिएको छ । उता, सरकारले घटनाको छानबिन र दोषीमाथि आवश्यक कानुनी कारबाही गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।

May be an image of hospital and text

May be an image of one or more people, crowd and text

May be an image of one or more people, temple and text that says "じっと〜 madhy yan adaily madhyan_adaily.com .com"

May be an image of one or more people, crowd, street and text

May be an image of one or more people, street and text

May be an image of one or more people, phone, street and text

May be an image of text

May be an image of one or more people, hospital and text

May be an image of child, street and text

May be an image of one or more people, people studying, hospital and text

May be an image of one or more people, crowd and text

सम्बन्धित खबर