२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

Nada
२०८३ साउन १२ गते १५:०५
Shares
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

काठमाडौँ : वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत ६८ जना चिकित्सकले सामूहिक राजीनामा बुझाएका छन् । अस्पताल स्रोतका अनुसार कार्यरत चिकित्सकहरूले अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा पेस गरेका हुन् ।

गत साउन ८ गते अस्पताल परिसरमै कार्यरत चिकित्सक डा. प्रमोद राममाथि कुटपिट भएको तथा अन्य स्वास्थ्यकर्मीमाथि समेत आक्रमण र अस्पतालमा तोडफोड भएको घटनापछि चिकित्सकहरू आन्दोलित हुँदै आएका छन् ।

उक्त घटनामा घाइते भएका डा. रामको काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ ।

घटनापछि चिकित्सकहरूले स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न माग गर्दै आकस्मिक सेवाबाहेकका अन्य स्वास्थ्य सेवा बन्द गरेर आन्दोलन जारी राखेका छन् । सुरक्षा अवस्था सुधार र दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूले पछिल्लो कदमका रूपमा सामूहिक राजीनामा दिएका हुन् ।

सम्बन्धित खबर