२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

मधेश प्रदेशका ८ राज्यमन्त्री बर्खास्त

ADV
मध्यान्ह
२०८१ साउन २९ गते १२:१२
मधेश प्रदेशका ८ राज्यमन्त्री बर्खास्त

काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । जम्बो मन्त्रिपरिषद् गठन गरेर विवादमा तानिएका मुख्यमन्त्री सिंहले सरकारमा रहेका ८ राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् । 

सिंहले रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलम, केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खंग राज्यमन्त्रीमा नियुक्त गरेका थिए । जम्बो मन्त्रिपरिषद् गठन गरेसँगै सिंहको आफ्नै दल जनमत पार्टीसँग दूरी बढेपछि उनले राज्यमन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेका हुन् । 

गठबन्धनको दबाबमा सिंहले २० सदस्य मन्त्रिपरिषद् बनाएका थिए । अब मुख्यमन्त्रीसहित १२ मन्त्रीहरू मात्र रहेका छन् । मुख्यमन्त्री कार्यालयका अनुसार हालै नियुक्त भएका ८ राज्यमन्त्रीलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई मंगलबार पत्र पठाइसकिएको छ । केन्द्रको सत्तारुढ दलहरूको सहमति अनुसार मुख्यमन्त्री सिंहले सबै राज्यमन्त्रीहरूलाई हटाउने निर्णय लिएको जनाइएको छ ।


 

ADVADV

सम्बन्धित खबर

Advertise