२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

राष्ट्रिय फुटबल टोलीलाई साउदीमा सम्मान

ADV
अन्जान गुभाजु
२०८१ जेठ २७ गते ११:४६
राष्ट्रिय फुटबल टोलीलाई साउदीमा सम्मान

दम्माम, साउदी अरेबिया : फिफा विश्वकप २०२६ र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणमा यूएईविरुद्धको ‘होम´ र यमनविरुद्धको `अवे´ खेल खेल्न साउदी अरब पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई साउदी अरबमा स्वागत तथा सम्मान गरिएको छ ।

शुक्रबार साउदीको पूर्वी क्षेत्र दम्मामको होलिडे इन होटलमा नेपाली दूतावास रियाद तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीको संयुक्त आयोजना खेलाडीहरुलाई सम्मान गरिएको हो । 

कार्यक्रममा साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदीले टोलीलाई स्वागत तथा सम्मान गर्दै फिफा विश्वकप २०२६  छनोट खेलअन्तर्गत यूएईसँग भएको खेलमा प्रतिकूल मौसम र परिस्थितिबीच पनि आफ्नो सीप र कार्यक्षमता प्रदर्शन गरेकोमा खेलाडीहरुलाई धन्यवाद दिए । उनले हरेक अन्तर्राष्ट्रिय खेलको अनुभवले खेलाडीहरुको आफ्नो प्रदर्शनमा सुधार हुने बताउँदै जिततर्फ ध्यान दिन आग्रह गरे । उनले आउँदो ११ जुनमा यमनसँग हुने खेलका लागि खेलाडीहरुलाई जितको शुभकामनासमेत दिए ।

कार्यक्रममा नेपाली खेलाडी टोलीलाई साउदीमा रहेको एनआरएन, नेपाल जनजाति तथा आदिवासी महासंघ, लिम्बुवान फुटबल क्लबलगायत संघसंस्थाले सम्मानसहित मायाको चिनो प्रदान गरेका थिए ।

फुटबल टोलीका व्यवस्थापक उतमराज भण्डारीलगायत फुटबल टोलीले समेत नेपाली दूतावासलगायतका संस्थालाई धन्यबाद दिँदै मायाको चिनो स्वरुप एन्फाको लोगो प्रदान गरेका थिए । ११ जुनमा यमनसँग हुने खेल हेर्नका लागि साउदीमा रहेका सम्पूर्ण नेपालीलाई उपस्थित भइ हौसला प्रदान गर्न पनि खेलाडीहरुले आग्रह गरेका थिए । बिहीबार यूएईविरुद्धको खेलमा नेपाल ४-० गोलले पराजित भएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise