२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

सूर्य लाकोजूको ‘एक झुल्को घाम’ लोकार्पण

Nada
२०८३ भदौ ७ गते २१:०१
Shares
सूर्य लाकोजूको ‘एक झुल्को घाम’ लोकार्पण

काभ्रे : कवि सूर्य लाकोजूको ‘एक झुल्को घाम’ नामक नवीनतम कृति हालै एक समारोहबीच लोकार्पण भएको छ । घाम प्रिय कवि लाकोजूको उक्त कृति एक समारोहबीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गरेका छन् । 

ncell

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले कवि, साहित्यकार देशका गौरव भएको बताए । कार्यक्रममा पुस्तकमाथि चर्चा गर्दै समालोचक डा.ज्ञानु अधिकारीले नेपाली कविता विधामा आफ्नो फरक प्रवृत्ति बनाइसकेका सूर्य लाकोजूको प्रस्तुत कविता कृति वर्तमान नेपाली समाजको एउटा बिम्ब भएको बताइन् । असन्तुष्टि र निराशामा बाँच्न विवश देशका युवाहरूको प्रतिनिधि आवाज पनि हो । मानवीय संवेदना र यथार्थबोधी भावनाले कविताहरू जीवन्त भएको र प्रस्तुत कवितासंग्र्रह नेपाली साहित्यको पठनीय कृति बनेको उनले बताइन् । 

त्यस्तै अर्का समालोचक प्रा.डा.रमेश चन्द्र अधिकारीले सूर्यका कविता सरल देखिए तापनि त्यसभित्र गाम्भीर्यता हुनु उनको विशेषता भएको बताए । लाकोजूका कविता बलशाली रहेको विचार व्यक्त गरे । सूर्य चम्किलो र उज्यालो छ । उनको साहित्य यात्रा पनि निकै उज्यालो छ । उनको उज्यालो निकै पर पुगेको छ भन्दै समालोचक रमेश अधिकारीले आफ्नो मन्तव्य राखेका थिए ।

सोही समारोहमा ‘एक झुल्को घाम’ कविता संग्र्रहबाट विभिन्न कविहरूले कविता वाचनसमेत गरेका थिए । बुद्धिकृष्ण् घो, ध्रुवकृष्ण ताम्राकार, हिसिलिना साक्य, रहेना मानन्धर नकर्मीलगायतका कविहरूले कृतिमा समेटिएका कविता प्रस्तुत गरेका थिए । कविता वाचनले समारोहलाई थप साहित्यिक र सृजनात्मक बनाएको थियो । 

कार्यक्रम मध्यपुर थिमि साहित्य क्लबका अध्यक्ष वसन्त नकःमिको अध्यक्षतामा सम्पन्न भएको थियो । 

‘एक झुल्को घाम’ कविता संग्रहका सर्जक लाकोजूका कविता, निबन्ध, हाइकु, नियात्रा, मुक्तक, अनुवाद विधामा कलम चलाउँदै आएका लाकोजूका करिब तीन दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन् । त्यतिकै संख्यामा उनले साहित्यिक कृतिको सम्पादनसमेत गरेका छन् । 

ताजा खबर

सम्बन्धित खबर