२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

नाडा अटो सो सुरु

Nada
२०८३ भदौ ९ गते १२:१२
Shares
नाडा अटो सो सुरु

काठमाडौं : काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा १८औं संस्करणको नाडा अटो सो २०२६ सुरु भएको छ । उपराष्ट्रपति रामशहायप्रसाद यादवले मंगलबार अटो सोको उद्घाटन गरे ।

ncell

अटो सोमा पाँच दर्जनभन्दा बढी विश्वस्तरीय अटोमोबाइल ब्रान्डका प्यासेन्जर सवारीसाधनका साथै कमर्सियल सेग्मेन्टअन्तर्गतका इभी माइक्रो, भ्यानदेखि ठुला कमर्सियल सवारीसाधनसम्म प्रदर्शनीमा राखिएका छन् ।

हुन्डाई, टाटा, बिवाइडी, दिपल, लिपमोटर, बिएआइसी, होङ्छी, अवतार, एवान, चांगन, चेरी, जिली र स्काइवेललगायतका विश्वस्तरीय ब्रान्डका साथै रोयल इन्फिल्ड, यामाहा र होन्डालगायत दर्जनौं ब्रान्डका विभिन्न उत्पादन प्रदर्शनीमा छन् ।

यसपटकको नाडा अटो सोमा नेपालमै बनेको सिप्रदी–यात्री नेपालको उत्पादन ‘यात्री पी–२’ समेत प्रदर्शनमा राखिएको छ । अटोकम्पोनेन्ट, टायर, लुब्रिकेन्ट, स्पेयर पार्ट्स तथा एसेसरिजका कम्पनीहरूको समेत उल्लेख्य सहभागिता छ ।

प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहेका छन् । त्यस्तै, १० वटाभन्दा बढी बैंक तथा वित्तीय संस्थाको समेत सहभागिता रहेको नाडाले जनाएको छ ।

आजदेखि सुरु भएको अटो सो १४ भदौसम्म ६ दिन सञ्चालन हुनेछ । अटो सो अवधिमा अटोमोबाइलसम्बन्धी नीतिगत बहस, लगानी, अटो बिमा, सडक पूर्वाधार, सरकारी नीति, नयाँ सवारीसाधनको बढ्दो आगमन र रोजगारीका विषयमा विशेष छलफल कार्यक्रमसमेत हुने नाडाले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर