२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

नाडामा भेस्पा/अप्रिलिया खरिद वा बुकिङमा साढे २८ हजार छुट

Nada
२०८३ भदौ ९ गते २०:४८
Shares
नाडामा भेस्पा/अप्रिलिया खरिद वा बुकिङमा साढे २८ हजार छुट

काठमाडौं : नेपालमा भेस्पा र अप्रिलियाका आधिकारिक वितरक डेल्टा अटोकोर्प प्राइभेट लिमिटेडले नाडा अटो सो २०२६ लाई लक्षित गर्दै विशेष द सेभिङ एक्स्ट्राभगान्जा योजना सार्वजनिक गरेको छ । स्टल नम्बर ११मा उपलब्ध यस योजनाअन्तर्गत नाडा अटो सो अवधिभर भेस्पा वा अप्रिलिया खरिद वा बुकिङ गर्ने ग्राहकले २८ हजार ५०० सम्मको विशेष लाभ प्राप्त गर्नेछन् । 

ncell

यस वर्ष भेस्पाले नाडामा आफ्नो उपस्थिति अझ विशेष बनाउँदै इटालियन क्याफे–इन्स्पायर्ड थिममा स्टल तयार गरेको छ । स्टलको डिजाइनमार्फत भेस्पाको प्रतिष्ठित इटालियन डिजाइन, जीवनशैली र प्रिमियम अनुभवलाई प्रस्तुत गरिएको छ । प्रदर्शनीको मुख्य आकर्षणका रूपमा नयाँ  अप्रिलिया एसअर १७५ र भेस्पा १२५, र भेस्पा एस १२५ राखिएको छ । 

डेल्टा अटोकोर्प प्राइभेट लिमिटेडको सिइओ विजयकुमार महताले भने, ‘नाडा अटो सो’मा भेस्पा  र  अप्रिलियाका नयाँ मोडल नेपाली ग्राहकसमक्ष प्रस्तुत गर्न पाउँदा हामी खुसी छौं । नयाँ अप्रिलिया एसअर १७५ तथा लाइलक भेस्पा १२५ र ओरो भेस्पा एस १२५ले ग्राहकलाई नयाँ विकल्प र उत्कृष्ट अनुभव दिनेछ ।’ यसअन्तर्गत खरिद गर्ने ग्राहकले विशेष भेस्पा तथा अप्रिलिया ल्यापटप ब्याग  समेत प्राप्त गर्नेछन् । यो योजना नगद, फाइनान्स तथा एक्सचेन्जमार्फत खरिद गर्ने ग्राहकका लागि लागू हुनेछ ।

ताजा खबर

सम्बन्धित खबर