२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

यामाहाको नयाँ एक्सएसआर१५५ नाडा अटो सोमा

Nada
२०८३ भदौ ९ गते २०:५०
Shares
यामाहाको नयाँ एक्सएसआर१५५ नाडा अटो सोमा

काठमाडौं : नेपालका लागि यामाहा दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्लु राइड्सले नाडा अटो सो २०२६मा बहुप्रतीक्षित यामाहा एक्सएसआर १५५को अनावरण गर्ने घोषणा गरेको छ ।

ncell

‘बर्न टु स्ट्यान्ड अपार्ट’ अभियानको अवधारणामा केन्द्रित यस कार्यक्रममा नेपालभरका आगन्तुक तथा मोटरसाइकलप्रेमीले पहिलोपटक यामाहाको नयाँ रेट्रो–मोडर्न मोटरसाइकललाई प्रत्यक्ष अनुभव गर्ने अवसर पाउनेछन् ।

यो मोटरसाइकल सडकमा आफ्नो बेग्लै र विशिष्ट पहिचान बनाउन चाहने तथा परम्परागत स्ट्रिट बाइकभन्दा फरक देखिन चाहने राइडरका लागि डिजाइन गरिएको हो । यामाहा एक्सएसआर १५५ले कालजयी मोटरसाइकल विरासत र आधुनिक कार्यक्षमताको एक अनुपम सम्मिश्रणलाई प्रस्तुत गर्दछ ।

यसको मुख्य विशेषतामा आकर्षक टियरड्रप–आकारको फ्युल ट्यांक, रेट्रो शैलीबाट प्रेरित सिग्नेचर राउन्ड एलइडी हेडल्याम्प, फ्ल्याट बेन्च–स्टाइल सिट र मिनिमल तथा क्लिन बडीवर्क रहेका छन्, जसले यसलाई शक्तिशाली उपस्थिति र विशिष्ट क्लासिक स्वरूप प्रदान गर्दछ । परिष्कृत १५५ सिसी इन्जिनद्वारा सञ्चालित एक्सएसआर १५५ले दैनिक सहरी प्रयोग र उत्कृष्ट पर्फर्मेन्सबीच सन्तुलन कायम गर्दछ ।

यसले क्लासिक संरचनामै आधुनिक सुविधा र प्रविधिलाई समायोजन गरी एक अद्वितीय राइडिङ अनुभव प्रदान गर्दछ । एमएडब्लु ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले भने, ‘नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल मोटरसाइकल भित्र्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । हाम्रो ‘बर्न टु स्ट्यान्ड अपार्ट’ अभियान व्यक्तिगत पहिचान र शैलीको उत्सव हो ।’ नाडा अटो सोले मोटरसाइकल पारखीका लागि एक्सएसआर १५५ प्रत्यक्ष अवलोकन गर्ने र पहिलो चरणका मालिकमध्ये आफ्नो स्थान सुरक्षित गर्ने उत्कृष्ट पहिलो अवसर प्रदान गर्ने उनले बताए ।

अनावरण चरणअन्तर्गत यामाहा नेपालले नाडा अटो सोबाटै आधिकारिक रूपमा विशेष प्रि–बुकिङ खुला गरिने जनाएको छ, जसमा एक्सएसआर १५५ खरिदका लागि ग्राहकले एक महिनाअगावै प्रि–बुकिङ गर्नुपर्नेछ । यो सीमित प्रि–बुकिङको व्यवस्था बजारमा व्यापक उपलब्ध हुनुअघि नै उत्साही राइडरलाई प्रारम्भिक कोटामा पहुँच प्रदान गर्न डिजाइन गरिएको हो, जसले यस बाइकलाई व्यक्तिगत शैलीको एक विशेष प्रतीकको रूपमा स्थापित गर्दछ ।

ताजा खबर

सम्बन्धित खबर