काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको त्रिभुवन जन माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापकसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले शारदा नगरपालिका–२ लुहापिङ्गस्थित त्रिभुवन जन माध्यमिक विद्यालयका तत्कालीन प्रध्यानाध्यपक एवं भवन निर्माण अनुगमन समितका सदस्य माधव विक्रम जिसी, शारदा नगरपालिकाका इन्जिनियर तुफान जि जङ्ग केसी, सव–इन्जिनियर सरस्वती थापा, शारदा नगरपालिका वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष केशव सिंह श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज शर्मा र तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिमलाल भण्डारीविरुद्ध भष्ट्राचार मुद्दा दायर गरेको हो ।
उनीहरूविरुद्ध विद्यालयको भवन निर्माण गर्दा टेण्डर आह्वान नगरी रकम हिनामिना गरेको उजुरी परेको थियो । सोही उजुरीको आधारमा अनुसन्धान गर्दा विद्यालयको बहुतल्ले भवन (प्रयोगशाला, पुस्तकालय र बहुउद्देश्यीय हल) निर्माण योजनामा नापी किताब, भुक्तानीसम्बन्धी बिल र कार्य सम्पन्न प्रतिवेदनमा फिल्डमा भएको वास्तविक कामभन्दा बढी काम भएको देखाएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।
झुट्टा नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी मूल्यांकनमा सही गरी ८७ लाख तीन हजार तीन सय १२ रुपैयाँ हिनामिना गरेको पाइएपछि विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies