२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

‘सुजुकी पर्वोत्सव’ : नाडामा स्क्र्याच गर्दा २ लाखसम्मको छुट

Nada
२०८३ भदौ ९ गते २१:०२
Shares
‘सुजुकी पर्वोत्सव’ : नाडामा स्क्र्याच गर्दा २ लाखसम्मको छुट

काठमाडौं : सुजुकी गाडीको आधिकारिक वितरक सिजी मोटोकर्पले चाडपर्वलक्षित ग्राहक योजना ‘सुजुकी पर्वोत्सव’ सुरु गरेको छ । चाडपर्वको समयमा सुजुकीको स्वामित्वलाई अझ सहज र लाभदायक बनाउने उद्देश्यले ल्याइएको यस योजनाले विश्वास, पारदर्शिता तथा बिक्रीपश्चात्को सेवाप्रति ब्रान्डको दीर्घकालीन प्रतिबद्धतालाई पनि पुष्टि गर्दछ ।

ncell

सुजुकी पर्वोत्सवअन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छुट, १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क पिएमएस (आवधिक मर्मतसम्भार सेवा) पाट्र्स तथा एक वर्षको निःशुल्क अटो प्लस बिमा प्राप्त गर्न सक्नेछन् ।

सुविधा मोडेलअनुसार फरक हुनेछन् र देशभरका सबै सुजुकी सोरुममा उपलब्ध हुनेछन् । यस योजनामा अल्टो के १० सिरिज, वागनआर सिरिज, सेलेरियो सिरिज, इको कार्गो, इको भ्यान सिरिज, ब्रेजा सिरिज, जिम्नी सिरिज, भिक्टोरिस सिरिज, फ्रोन्क्स सिरिज र इभीटारा सिरिजसहित सुजुकीको सम्पूर्ण लाइनअप समेटिएको छ । यो योजना मंसिर १५ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । 

सुजुकी पर्वोत्सवसँगै नयाँ ब्रेजा नाडा अटो सो २०२६ मार्फत पहिलोपटक सार्वजनिक भएको छ । सुजुकीको अद्यावधिक यो कम्प्याक्ट एसयुभी प्रदर्शनीमा रहनेछ । आगन्तुकले गाडीलाई नजिकैबाट अवलोकन गर्न, भित्र बसेर अनुभव गर्न र बुकिङ गर्नुअघि यसको नयाँ पावरट्रेन, फिचर तथा सुरक्षा अपग्रेडका बारेमा सुजुकीका प्रडक्ट विशेषज्ञसँग प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।  नयाँ सुजुकी ब्रेजाले ५ स्टार भरत एनक्याप सफ्टी रेटिङ प्राप्त गरेको गाडी हो ।

सिजी मोटोकर्पका महाप्रबन्धक, सिरज पन्तले भने, ‘सम्भावित ग्राहकलाई हामी आफ्नो नजिकैको आधिकारिक सुजुकी डिलरसिपमा र विशेषगरी अगस्ट २५ देखि ३० सम्म चल्ने नाडा अटो सोमा आउन आग्रह गर्दछौं जहाँ मोडेलअनुसारका सुविधाबारे विस्तृत जानकारी लिन र यो सीमित अवधिको अवसरको लाभ उठाउन सकिनेछ ।’  

प्रदर्शनीका क्रममा सुजुकी प्याभिलियनमा छानिएका मोडेल बुकिङ गर्ने ग्राहकका लागि सुजुकी पर्वोत्सव अन्तर्गत २ लाख रुपैयाँसम्मको पुरस्कार रहेको विशेष ‘स्क्र्याच एन्ड विन’ अफर पनि उपलब्ध हुनेछ ।

ताजा खबर

सम्बन्धित खबर