२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी

Nada
२०८३ भदौ ९ गते २१:०३
Shares
एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी

काठमाडौं : एनसेल र नेपाल मेडिसिटी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवालाई सहज र किफायती बनाउने उद्देश्यका साथ एनसेलका ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा उपलब्ध गराउन साझेदारी गरेका छन् । 

ncell

यस साझेदारीअन्तर्गत, २ सय ९९ वा सोभन्दा माथिको प्याक वा रेन्टल सेवा लिने एनसेल ग्राहकले नेपाल मेडिसिटी अस्पतालको बहिरंग सेवामा निःशुल्क चिकित्सक परामर्श सेवा लिन सक्नेछन् । त्यस्तै, ९९ देखि रु. २९९ सम्मको प्याक वा रेन्टल सेवा लिएका ग्राहकले बहिरङ सेवाअन्तर्गत चिकित्सक परामर्श शुल्कमा २० प्रतिशत छुट पाउनेछन् । 

मंगलबार एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपांग दत्ता र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.अमित तोमरले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । सहकार्यबारे बोल्दै दत्ताले भने, ‘नेपाल मेडिसिटीको स्वास्थ्य सेवालाई एनसेलका प्याकसँग जोडेर हामीले मोबाइल सेवा लिएका उपभोक्ता तथा प्रयोगकर्तालाई थप लाभ प्रदान गर्दै छौं ।

यसमा निःशुल्क चिकित्सक परामर्श सेवादेखि परामर्श शुल्कमा उल्लेखनीय छुटसम्मको व्यवस्था रहेको छ । यो साझेदारीले हाम्रा ग्राहकलाई केवल कनेक्टिभिटी मात्र नभई स्वस्थ जीवनका लागि पनि सहयोग सुनिश्चित गर्दछ । यो हाम्रा ग्राहकका लागि साँच्चै महत्त्वपूर्ण हुनेछ र यो ग्राहकलाई लाभ प्रदान गर्ने हाम्रो प्रतिबद्धताको अर्को कदम हो ।’ 

ताजा खबर

सम्बन्धित खबर